रुवालुङ झरना, झाक्रीवास गुफा अवलोकन गर्न जाने कि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ११, २०७६
|
|
३५ पटक हेरिएको
Shares
रुवालुङ झरना, झाक्रीवास गुफा अवलोकन गर्न जाने कि

सारांश

  • भ्रमण वर्ष सन् २०२० को शुभारम्भ दिक्तेलबाट गरिएको छ ।
  • जिल्ला समन्वय समिति महासङ्घ प्रदेश नम्बर १ द्वारा बिहीबार यहाँ आयोजित विशेष कार्यक्रमको जिल्ला समन्वय समिति महासङ्घका केन्द्रीय अध्यक्ष सीता सुन्दासले शुभारम्भ गर्दै खोटाङको पर्यटन प्रवद्र्धनमा सबैले ध्यान दिनुपर्छ भन्नुभयो ।
  • कार्यक्रममा सहभागीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा्स्थित भुलभुले दूधकुण्ड, रुवालुङ झरना, झाक्रीवास गुफालगायत धार्मिक तथा पर्यटकीयस्थलको भ्रमण गराइएको थियो ।

भ्रमण वर्ष सन् २०२० को शुभारम्भ दिक्तेलबाट गरिएको छ । जिल्ला समन्वय समिति महासङ्घ प्रदेश नम्बर १ द्वारा बिहीबार यहाँ आयोजित विशेष कार्यक्रमको जिल्ला समन्वय समिति महासङ्घका केन्द्रीय अध्यक्ष सीता सुन्दासले शुभारम्भ गर्दै खोटाङको पर्यटन प्रवद्र्धनमा सबैले ध्यान दिनुपर्छ भन्नुभयो ।
कार्यक्रममा सहभागीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा्स्थित भुलभुले दूधकुण्ड, रुवालुङ झरना, झाक्रीवास गुफालगायत धार्मिक तथा पर्यटकीयस्थलको भ्रमण गराइएको थियो ।
दिक्तेलस्थित ऐतिहासिकस्थल मझुवागढी, कालिका भगवती मन्दिर, बुधेश्वर महादेव गुफा तथा हलेसी तुवाचुङ नगरपालिकास्थित मानव सभ्यताको उद्गमस्थल एवं किराँती आदिम भूमि तुवाचुङ जायाजुम, हलेसी महादेव मन्दिर, मारतीका गुम्बा, बसाहा थानलगायतका धार्मिक तथा पर्यटकीयस्थलको सहभागीलाई आज भ्रमण गराइने कार्यक्रम रहेको छ ।

जिल्ला समन्वय समितिद्वारा आयोजित सो कार्यक्रममा सहभागीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको चार, हलेसी तुवाचुङ नगरपालिकाको चार तथा अन्य आठ गाउँपालिकाको एक÷एक वटा ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल समेटिएको तस्वीर वितरण गरिने जिल्ला समन्वय समिति खोटाङका सदस्य चर्चबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
भ्रमणवर्षलाई ध्यानमा राखि हरेक स्थानीय तहले धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइ तथा स्तरोन्नति गरेको छन् । त्रिधार्मिकस्थल हलेसी, बराहपोखरी, टेम्के, तावाभञ्ज्याङ, रुपाकोट, मझुवागढी, भुलभुलेलगायतका धार्मिक तथा पर्यटकीयस्थल सरसफाइ तथा स्तरोन्नति गरिएको हो ।
भ्रमण वर्ष सन् २०२० मा बाह्य पर्यटक मात्र एक लाखभन्दा बढी खोटाङ भित्र्याउने लक्ष्य राखिएको महासङ्घका प्रदेश नं १ अध्यक्ष एवं समन्वय समिति खोटाङ प्रमुख बबि चाम्लिङले जानकारीभयो । “खोटाङ धार्मिक तथा पर्यटकीयस्थलले भरिपूर्ण जिल्ला हो”, उहाँले भन्नुभयो, “जिल्ला समन्वय समिति महासङ्घले समेत प्रमुख पर्यटकीय क्षेत्रको रुपमा खोटाङलाई लिएकाले थप आन्तरिक तथा बाह्य पर्यटक आउनेमा आशावादी छौँ ।
भ्रमण वर्षको अवसर पारेर जिल्लाका विभिन्न ठाउँमा महोत्सवको आयोजनासमेत गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा १० दिने ‘खोटाङ महोत्सव’, त्रिधार्मिकस्थल हलेसीमा ‘हलेसी महोत्सव’, ऐसेलुखर्क गाउँपालिकामा ‘बहानेपाखरी महोत्सव’लगायतका कार्यक्रम तय गरिएको छ । (तस्वीर छ)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय बस दुर्घटनामा २७ यात्रु घाइते
भारतीय बस दुर्घटनामा २७ यात्रु घाइते
दुई महिनामा १४४२ कर्मचारी विदेश सयरमा, एक अर्ब स्वाहा
दुई महिनामा १४४२ कर्मचारी विदेश सयरमा, एक अर्ब स्वाहा
दमदार डायलगसहित मालिकाको यस्तो आयो ट्रेलर
दमदार डायलगसहित मालिकाको यस्तो आयो ट्रेलर
३१ वर्षकी बलिउड अभिनेत्री अनुष्का शर्मा बाल्यकालमा कस्ती थिइन?
३१ वर्षकी बलिउड अभिनेत्री अनुष्का शर्मा बाल्यकालमा कस्ती थिइन?
पार्टी एकता प्रक्रिया अन्तिम चरणमा, आज ठोस कदम चल्छ : प्रवक्ता भुसाल
पार्टी एकता प्रक्रिया अन्तिम चरणमा, आज ठोस कदम चल्छ : प्रवक्ता भुसाल
साउदीमा ४ सयबढी नेपालीले सामाजिक सुरक्षा बिमाको रकम पाएनन्
साउदीमा ४ सयबढी नेपालीले सामाजिक सुरक्षा बिमाको रकम पाएनन्
चाँदी र हात्तीको पुच्छरसहित दुईजना पक्राउ
चाँदी र हात्तीको पुच्छरसहित दुईजना पक्राउ
‘प्रधानमन्त्री वा अध्यक्ष नपाए एकता असम्भव’
‘प्रधानमन्त्री वा अध्यक्ष नपाए एकता असम्भव’
‘नेपालीले पाएको कष्टका विषयमा मोदीले दुःख व्यक्त गरेको भए राम्रो हुन्थ्यो’
‘नेपालीले पाएको कष्टका विषयमा मोदीले दुःख व्यक्त गरेको भए राम्रो हुन्थ्यो’
कोरोना भाइरसको सम्पूर्ण लक्षणविरुद्व सिनोफार्मद्वारा निर्मित खोप प्रभावकारी
कोरोना भाइरसको सम्पूर्ण लक्षणविरुद्व सिनोफार्मद्वारा निर्मित खोप प्रभावकारी

तपाईंले छुटाउनुभयो कि?