२ नम्बर प्रदेशमा कांग्रेसले रणनीति बनाउने,जनकपुरमा छलफल…

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
२ नम्बर प्रदेशमा  कांग्रेसले रणनीति बनाउने,जनकपुरमा छलफल…

सारांश

  • साउन १४ – कांग्रेसले प्रदेश नम्बर २ को स्थानीय चुनावका लागि रणनीति बनाउनेबारे शनिबार जनकपुरमा छलफल गर्दैछ ।
  • प्रदेश नम्बर २ का आठवटा जिल्लाका पार्टी सभापतिसहितको भेला गरी प्रचार लगायत रणनीति तय गर्ने कांग्रेसको केन्द्रीय प्रचार समितिका संयोजक रमेश लेखकले जानकारी दिनुभयो ।
  • स्थानीय सञ्चारमाध्यम, तथा सामाजिक सञ्जालबाट समेत पार्टीको घोषणापत्र, उम्मेदवारका प्रतिवद्धता लगायत जानकारी र एजेण्डा प्रचार प्रसार गर्ने र यसका लागि हरेक जिल्लामा प्रचार संयोजक र सहसंयोजक राखेर प्रचार संयन्त्र बनाउने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

साउन १४ – कांग्रेसले प्रदेश नम्बर २ को स्थानीय चुनावका लागि रणनीति बनाउनेबारे शनिबार जनकपुरमा छलफल गर्दैछ । प्रदेश नम्बर २ का आठवटा जिल्लाका पार्टी सभापतिसहितको भेला गरी प्रचार लगायत रणनीति तय गर्ने कांग्रेसको केन्द्रीय प्रचार समितिका संयोजक रमेश लेखकले जानकारी दिनुभयो ।

स्थानीय सञ्चारमाध्यम, तथा सामाजिक सञ्जालबाट समेत पार्टीको घोषणापत्र, उम्मेदवारका प्रतिवद्धता लगायत जानकारी र एजेण्डा प्रचार प्रसार गर्ने र यसका लागि हरेक जिल्लामा प्रचार संयोजक र सहसंयोजक राखेर प्रचार संयन्त्र बनाउने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

कांग्रेसले दुईवटा प्रदेशका ८ वटै जिल्लामा शीर्ष नेताले संबोधन गर्ने गरी सभा गर्ने, केन्द्रबाट प्रतिनिधि खटाउने, बेलैमा उम्मेद्वार छनौट गर्ने र प्रचारलाई आक्रामक बनाउने गरी तयारी गरिरहेको संयोजक लेखकले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?