कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०८०
|
|
५६ पटक हेरिएको
Shares
कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित

सारांश

  • कर्णाली ।
  • कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ ।
  • असार १७ गतेदेखि प्रदेश सरकारका मन्त्रालय तथा निकायगत शीर्षकमाथिको छलफल सकिएपछि मुख्यमन्त्री राजकुमार शर्माले आफ्ना धारणासहित प्रदेशसभाको दोस्रो अधिवेशनअन्तर्गत आज बसेको २५औँ बैठकमा प्रदेश सदस्यले उठाएका प्रश्न एवं जिज्ञासाको जवाफ दिए ।

कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ ।

असार १७ गतेदेखि प्रदेश सरकारका मन्त्रालय तथा निकायगत शीर्षकमाथिको छलफल सकिएपछि मुख्यमन्त्री राजकुमार शर्माले आफ्ना धारणासहित प्रदेशसभाको दोस्रो अधिवेशनअन्तर्गत आज बसेको २५औँ बैठकमा प्रदेश सदस्यले उठाएका प्रश्न एवं जिज्ञासाको जवाफ दिए ।

मुख्यमन्त्री शर्माले जवाफ दिएलगत्तै सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहलाई ‘कर्णाली प्रदेश विनियोजन विधेयक, २०८०’ र ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०८०’ पारितका लागि सभामा प्रस्ताव गर्न समय दिए । मन्त्री सिंहले कर्णाली प्रदेशसभा नियमावली, २०७० को नियम १४० को उपनियम १२ र नियम १४७ को उपनियम ५ बमोजिम दुवै विधेयक पारितका लागि सभामा प्रस्ताव राखे ।

उक्त प्रस्तावपछि सभाबाट बजेट बहुमतले पारित भएको सभामुख गुरुङले घोषणा गरे । कर्णाली प्रदेश सरकारले आगामी आव २०८०/८१ का लागि रु ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट ल्याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद बैठक नै अवरुद्ध गरी मन्त्रीहरु भ्रमणमा जानुलाई के भन्नुहुन्छ ?
मन्त्रिपरिषद बैठक नै अवरुद्ध गरी मन्त्रीहरु भ्रमणमा जानुलाई के भन्नुहुन्छ ?
उपनिर्वाचनको पर्यवेक्षण गर्न छ संस्थालाई अनुमति
उपनिर्वाचनको पर्यवेक्षण गर्न छ संस्थालाई अनुमति
वर्षाकै झल्को दिँदै प्रि–मनसुन
वर्षाकै झल्को दिँदै प्रि–मनसुन
भारतको विरोधमा विद्यार्थी सडकमा आउनु गलतः लेखराज भट्ट
भारतको विरोधमा विद्यार्थी सडकमा आउनु गलतः लेखराज भट्ट
प्रधानमन्त्री दाहाललाई विश्वासको मत, पक्षमा २६८ , विपक्षमा २
प्रधानमन्त्री दाहाललाई विश्वासको मत, पक्षमा २६८ , विपक्षमा २
काठमाडौं महानगरपालिकामा कस्ले मार्ला बाजी
काठमाडौं महानगरपालिकामा कस्ले मार्ला बाजी
भारतीय दूतावास अगाडि अनेरास्ववियूको ‘गो ब्याक इन्डिया’ नाराबाजी
भारतीय दूतावास अगाडि अनेरास्ववियूको ‘गो ब्याक इन्डिया’ नाराबाजी
पाँच वर्ष सरकार चलाएर परिणाम दिनुपर्छः महामन्त्री थापा
पाँच वर्ष सरकार चलाएर परिणाम दिनुपर्छः महामन्त्री थापा
पहिरोले घर पुरिँदा रोल्पामा १८ दिनकी सुत्केरी र शिशुसहित ३ जनाको मृत्यु
पहिरोले घर पुरिँदा रोल्पामा १८ दिनकी सुत्केरी र शिशुसहित ३ जनाको मृत्यु
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल: उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल: उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा