रोड्रीले जिते बालोन डो अर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १३, २०८१
|
|
६५ पटक हेरिएको
Shares
रोड्रीले जिते बालोन डो अर

सारांश

  • काठमाडौं।
  • म्यानचेस्टर सिटीबाट खेल्ने स्पेनिस मिडफिल्डर रोड्रीले यस बर्षको ‘बालोन डो अर’ को उपाधि जितेका छन्।
  • फ्रान्स फुटबल फेडेरेसनले हरेक बर्ष प्रदान गर्ने बालोन डो अर अवार्ड युरो कप विजेता स्पेनका रोड्रीले जितेका हुन्।

काठमाडौं। म्यानचेस्टर सिटीबाट खेल्ने स्पेनिस मिडफिल्डर रोड्रीले यस बर्षको ‘बालोन डो अर’ को उपाधि जितेका छन्।

फ्रान्स फुटबल फेडेरेसनले हरेक बर्ष प्रदान गर्ने बालोन डो अर अवार्ड युरो कप विजेता स्पेनका रोड्रीले जितेका हुन्। उनले ब्राजिलका भिनिसियस जुनियरलाई पछि पार्दै यो अवार्ड जितेका हुन्।

रोड्रीले स्पेनलाई युरोकप जिताएका थिए भने म्यानचेस्टर सिटीलाई प्रिमियर लिग, फिफा क्लब विश्वकप र युइएफए सुपर कप जिताएका थिए। २०१८ मा लुका मोड्रीचले जितेपछि बालोन डो अर जित्ने रोड्री पहिलो मिडफिल्डर हुन्। २००८ देखि अहिलेसम्म क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी बाहेक बालोन डो अर जित्ने उनी तेस्रो खेलाडी हुन्। यस बिचमा मोड्रीचले २०१८ र करिम बेन्जमाले २०२२ मा बालोन डो अर जितेका थिए।

रोड्रीले यस बर्षको बालोन डो अर जितेपनि यो विवादित बनेको छ। यस बर्ष यस अवार्डका लागि रियल म्याड्रिडबाट खेल्ने भिनिसियस् जुनियरलाई प्रमुख दाबेदार मानिएको थियो। रियल म्याड्रिडलाई च्याम्पियन्स लिग र ला लिगा जिताउन प्रमुख भूमिका खेलेका भिनिसियसले यो अवार्ड नजित्ने भएपछि रियल म्याड्रिडले अवार्ड सेरोमनी नै बहिष्कार गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन जुट्यो कामपा
‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन जुट्यो कामपा
मुलुक स्थायीत्वतर्फ उन्मुख भएको विश्वास दिलाउनु भ्रमणको उद्देश्य : राष्ट्रपति भण्डारी
मुलुक स्थायीत्वतर्फ उन्मुख भएको विश्वास दिलाउनु भ्रमणको उद्देश्य : राष्ट्रपति भण्डारी
‘सुरक्षित महानगरपालिका अभियान’ शुरु
‘सुरक्षित महानगरपालिका अभियान’ शुरु
ओली र प्रचण्डबीचको सहमति पछि नेकपामा एकताले पायो सार्थकता
ओली र प्रचण्डबीचको सहमति पछि नेकपामा एकताले पायो सार्थकता
पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न आयोगको आग्रह
पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न आयोगको आग्रह
डा गोविन्द केसी छातीमा अत्याधिक दुखाइका करण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगीयाे
डा गोविन्द केसी छातीमा अत्याधिक दुखाइका करण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगीयाे
३२ जिल्लामा नेपाली कांग्रेसका चुनावी कमाण्डर ! नाम लिस्ट सहित
३२ जिल्लामा नेपाली कांग्रेसका चुनावी कमाण्डर ! नाम लिस्ट सहित
रासायनिक मलको विकल्पमा जैविक मल
रासायनिक मलको विकल्पमा जैविक मल
दुई दुर्घटनामा तीनजनाको मृत्यु
दुई दुर्घटनामा तीनजनाको मृत्यु
विमलेन्द्र निधि र छवि जोशीले गरे रेष्टुरेन्ट उद्घाटन (हेर्नुहोस् १६ तस्बिरमा)
विमलेन्द्र निधि र छवि जोशीले गरे रेष्टुरेन्ट उद्घाटन (हेर्नुहोस् १६ तस्बिरमा)