रोल्पा त्यसै रोल्पा भएको होइन, अध्यक्षलाई रोल्पाको साथ रोल्पामाथि अध्यक्षको विश्वासः सभामुख महरा
सारांश
- काठमाडौं, ११ चैत ।
- सभामुख कृष्णबहादुर महराले बदलिएको परिस्थितिमा रोल्पा क्रान्तिको जस्तै फेरि पनि परिवर्तनको प्रतीक बन्नुपर्ने बताएका छन् ।
- नेकपा माओवादी केन्द्र रोल्पा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले सामाजिक परिवर्तनका लागि रोल्पा फेरि पनि प्रतीक बन्नुपर्ने बताएका हुन् ।
काठमाडौं, ११ चैत । सभामुख कृष्णबहादुर महराले बदलिएको परिस्थितिमा रोल्पा क्रान्तिको जस्तै फेरि पनि परिवर्तनको प्रतीक बन्नुपर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्र रोल्पा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले सामाजिक परिवर्तनका लागि रोल्पा फेरि पनि प्रतीक बन्नुपर्ने बताएका हुन् ।
‘रोल्पा परिवर्तनको पहिचान र प्रतीक बनेको छ । हामीले धेरै ठूलो त्याग र बलिदान गरेका छौं । त्यसको प्रतिफल आजको रोल्पा बनेको छ’, उनले भने, ‘रोल्पा त्यसै रोल्पा बनेको हैन, रोल्पालाई अध्यक्ष प्रचण्डले विश्वास गर्नुभयो र रोल्पाले उहाँलाई विश्वास ग¥यो । यो विश्वासलाई अब नयाँ उचाइमा उठाउनुपर्छ । प्र्रचण्डलाई नयाँ उचाइ र नयाँ भूमिकामा उठाउनको निम्ति हामीले त्यहीँ उचाइमा उठेर विश्वास गर्नुपर्दछ ।’
कसै कसैलाई रोल्पा परिवर्तनको पहिचान र प्रतीक बनेको मन नपरेको भन्दै सभामुख महराले परिवर्तन नचाहने शक्तिहरुको षड्यन्त्र गरिरहेको बताए । ‘परिवर्तन विरोधीहरुलाई रोल्पा परिवर्तनको प्रतीक बनेको मन परेको छैन, उनले भने, ‘सबैखाले षड्यन्त्रका विरुद्ध हामी एकढिक्का भएर लड्नुपर्छ ।’
सामाजिक परिवर्तनका निम्ति आगामी दिनहरु झनै चुनौतिपूर्ण भएको भन्दै उनले समाजलाई रुपान्तरण गर्ने र समृद्ध रोल्पा बनाउने अभियानमा सबै रोल्पालीहरु एक ठाउँमा आउनुपर्ने बताए ।
अहिले रोल्पाका युवाहरुको ताँती देख्दा आफूलाई २०३५÷३६ सालतिरको याद आएको भन्दै उनले भने, ‘त्यतिबेला रोल्पा निकै अप्ठ्यारो अवस्थामा थियो । शुरुवातमा हामी निकै थोरै थियौं । अहिले रोल्पा नेतृत्व पंक्ति र कार्यकर्ताको हिसाबले निकै सम्पन्न भएको छ ।’
Abishek Bulan
सहि कुरो हो