साधारणसभा स्थलबाट पत्रिका जफत !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १०, २०७५
|
|
४७ पटक हेरिएको
Shares
साधारणसभा स्थलबाट पत्रिका जफत !

सारांश

  • काठमाडौँ, १० असाेज।
  •  नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाले नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल निर्माण व्यवसायी महासङ्घको साधारणसभा स्थलबाट ‘प्रकाश’ साप्ताहिक जफत भएको विषयमा आपत्ति जनाएको छ ।
  • महासङ्घका केन्द्रीय लेखा आयोगका पूर्व संयोजक दीपक पाण्डेको सम्पादनमा प्रकाशित सो साप्ताहिक सभा स्थलबाट प्रहरीले कब्जा गरेको भन्दै शाखाले आपत्ति जनाएको हो ।

काठमाडौँ, १० असाेज। नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाले नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल निर्माण व्यवसायी महासङ्घको साधारणसभा स्थलबाट ‘प्रकाश’ साप्ताहिक जफत भएको विषयमा आपत्ति जनाएको छ । महासङ्घका केन्द्रीय लेखा आयोगका पूर्व संयोजक दीपक पाण्डेको सम्पादनमा प्रकाशित सो साप्ताहिक सभा स्थलबाट प्रहरीले कब्जा गरेको भन्दै शाखाले आपत्ति जनाएको हो ।

शाखाका अध्यक्ष सन्तराम बिडारीले विज्ञप्ति जारी गरी पत्रिका वितरणमा रोक लगाउनु र जफत गरिनु स्वतन्त्र प्रेस एवं विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा भएको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?