त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै नाराबाजी, स्थिति तनावपूर्ण

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
५४ पटक हेरिएको
Shares
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै नाराबाजी, स्थिति तनावपूर्ण

सारांश

  • काठमाडौं, १३ माघ ।
  • सौर्य एयर लाइन्सले यात्रुलाई तोकेको समयभित्र गन्तब्यमा नलगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षमा नाराबाजी र प्रदर्शन भएको छ ।
  • शनिबार काठमाडौंबाट भैरहवा उडान भर्नका लागि सुरक्षा जाँचका साथै बोर्डिङ पास लिएर बसेका यात्रुलाई सौर्य एयरलाइन्सले बिहान १० बजेदेखि दिउँसो साढे दुई बजेसम्म अलपत्र पारेको हो ।

काठमाडौं, १३ माघ । सौर्य एयर लाइन्सले यात्रुलाई तोकेको समयभित्र गन्तब्यमा नलगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षमा नाराबाजी र प्रदर्शन भएको छ ।

शनिबार काठमाडौंबाट भैरहवा उडान भर्नका लागि सुरक्षा जाँचका साथै बोर्डिङ पास लिएर बसेका यात्रुलाई सौर्य एयरलाइन्सले बिहान १० बजेदेखि दिउँसो साढे दुई बजेसम्म अलपत्र पारेको हो ।

यात्रु गंगाराम भट्टराईका अनुसार सौर्य एयर लाइन्सले पूर्वजानकारी बिनै यात्रुलाई ढाँटेर धोका दिएपछि यात्रुहरूले विमानस्थलको आन्तरिक कक्षमा नारावाजी र घेराउ गरेका छन् ।

सौर्य एयर लाइन्सका अध्यक्ष दीपक पोखरेललाई झापाको भद्रपुर लैजानका लागि नेपालगञ्जको उडानलाई रद्द गरेपछि यात्रुले आक्रोश पोखेका हुन् ।

‘सौर्य एयर लाइन्सका अध्यक्ष दीपक पोखरेललाई भद्रपुर लैजानका लागि नेपालगञ्जको उडान रद्द गरेको हामीलाई जानकारी दिइएको छ’, यात्रु भट्टराईले भने, ‘एयरलाइन्सको काउन्टरमा बुझ्दा यो जानकारी पाएपछि यात्रुले नारावाजी र धर्ना दिएका छन् । त्रिभुवन विधानस्थलको आन्तरिक कक्षमा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।

सौर्य एयर लाईन्सले यसअघि पनि तोकिएको समयमा उडान भर्न नसकेर यात्रुलाई दुःख दिएको यसअघि पनि पटक पटक गुनासा आएका छन् । तर, एयर लाइन्सले सेवालाई सुधार गर्ने्तिर कुनै ध्यान नदिएको आरोप छ ।

यात्रुले दुःख दिने सौर्य एयर लाइन्सलाई हदैसम्मको कारबाहीको माग समेत गरेका छन् । उनीहरूले विमानस्थलको व्यवस्थापन र सौर्य एयर लाइन्सविरुद्ध नारावाजी गरेको भट्टराईले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिल्लीको विधानसभामा ठूलो जितसँगै आम आदमी पार्टी तेस्रो पटक सत्तामा फर्कँदै
दिल्लीको विधानसभामा ठूलो जितसँगै आम आदमी पार्टी तेस्रो पटक सत्तामा फर्कँदै
हतियार संकलन गर्ने अनौठो शौख, कुनै देशको भन्दा बढि हतियार एउटा घरमै
हतियार संकलन गर्ने अनौठो शौख, कुनै देशको भन्दा बढि हतियार एउटा घरमै
हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ ,प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ’: पुष्पकमल दाहाल
हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ ,प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ’: पुष्पकमल दाहाल
बदलिनेले नेतृत्व गर्छन्, नबदलिनेले बिदा लिन्छन् : कांग्रेस प्रवक्ता शर्मा
बदलिनेले नेतृत्व गर्छन्, नबदलिनेले बिदा लिन्छन् : कांग्रेस प्रवक्ता शर्मा
कञ्चनजंघा कन्ट्रक्सन लाई लक्षित गरी कस्ले बम राख्याे?
कञ्चनजंघा कन्ट्रक्सन लाई लक्षित गरी कस्ले बम राख्याे?
देउवाको घटेको उचाइ-महेन्द्र पराजुली (सहिदपुत्र)
देउवाको घटेको उचाइ-महेन्द्र पराजुली (सहिदपुत्र)
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
८ महिनामा ३७ अर्बको धान तथा चामल आयात
८ महिनामा ३७ अर्बको धान तथा चामल आयात
सिक्किममा मुख्यमन्त्री गोलेले नेपालीमा सपथ लिए
सिक्किममा मुख्यमन्त्री गोलेले नेपालीमा सपथ लिए
धरानमा पत्रकार राईलाई कसले गर्यो रामधुलाई ?
धरानमा पत्रकार राईलाई कसले गर्यो रामधुलाई ?