कक्षा १२ को परीक्षाः ४० नम्बरका लागि अनलाइन परीक्षा हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १, २०७७
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, असोज १।
  • लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कुल पूर्णांकको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ ।
  • राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्ष रूपमा देशभर परीक्षा लिन सक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णांकमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कुल प्राप्तांकलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिश गरेको छ ।

काठमाडौं, असोज १। लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कुल पूर्णांकको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्ष रूपमा देशभर परीक्षा लिन सक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णांकमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कुल प्राप्तांकलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिश गरेको छ ।

विषम स्थितिमा हुने यो मिश्रित ढाँचाको परीक्षाबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाई स्वीकृत गराएपछि निर्णय कार्यान्वयन हुनेछ । मन्त्रालयका एक अधिकारीका अनुुसार बोर्डको सिफारिश अनुसार सरकारले चाँडै निर्णय गर्नेछ । अनलाइनमा पहुँच नहुनेले सूचना प्रविधिका अन्य माध्यमलाई पनि प्रयोग गर्न सक्ने गरी सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशका–२०७७ जारी गरिसकेको छ ।

बोर्डका कक्षा ११ र १२ तहका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अन्य विकल्प सम्भव नभएमा यस विकल्पबारे सरकारबाट निर्णय भएपछि आवश्यक कार्यविधि र प्रश्नपत्र बनाई ४० नम्बरका लागि अनलाइन परीक्षाको तालिका प्रकाशन गरिने बताए । अनलाइनबाट परीक्षा हुँदा विद्यार्थीले आपूm रहेको स्थानबाट निश्चित समयमा उत्तर तयार गर्नुपर्ने भए पनि पाठ्यसामग्री र स्रोतको उपयोग गर्न पाउने सुविधा प्राप्त गर्नेछन् । परीक्षा केन्द्र, गार्ड र सुरक्षाकर्मी नहुने भएकाले यो एक प्रकारले खुला परीक्षा हुनेछ ।

गत वैशाख ८ गतेदेखि तोकिएको सो परीक्षा गत चैत ११ गतेदेखिको बन्दाबन्दीका कारण स्थगन भएको थियो । परीक्षामा कुल ४ लाख ३२ हजार विद्यार्थीले आवेदन दिएका थिए । बोर्डले यही भदौ २६ गते सूचना प्रकाशन गरी कक्षा १२ मा परीक्षाका लागि आवेदन दिएका विद्यार्थी कोरोना महामारी वा अन्य कारणले अन्य जिल्लामा बसाइँसराइ भएको भए सात दिनभित्र विवरण उपलब्ध गराउन आग्रह गरिसकेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोनमा अश्लिल शब्द बोल्नेलाई सार्वजनिक मुद्धा
फोनमा अश्लिल शब्द बोल्नेलाई सार्वजनिक मुद्धा
आज आश्विन १५ गते सोमवार, यी राशिहरूको चम्किनेछ भाग्य
आज आश्विन १५ गते सोमवार, यी राशिहरूको चम्किनेछ भाग्य
के सुन तस्करीमा गृहमन्त्री क्षेष्ठको संलग्नता छ त ? सांसद भट्टराईको यस्तो आरोप
के सुन तस्करीमा गृहमन्त्री क्षेष्ठको संलग्नता छ त ? सांसद भट्टराईको यस्तो आरोप
के भन्छन् करण जाेहर ‘भर्जिनिटि’काे बारेमा !
के भन्छन् करण जाेहर ‘भर्जिनिटि’काे बारेमा !
दुई चुलोमा जनयुद्ध दिवसको भान्सा, आहुति, किराँती र लोकेन्द्र बैद्यतिर
दुई चुलोमा जनयुद्ध दिवसको भान्सा, आहुति, किराँती र लोकेन्द्र बैद्यतिर
राष्ट्रियसभाबाट प्रमाण विधेयक, २०७५ पारित
राष्ट्रियसभाबाट प्रमाण विधेयक, २०७५ पारित
मनाङ २ खेल अघि नै ‘ए’ डिभिजन लिग च्याम्पियन
मनाङ २ खेल अघि नै ‘ए’ डिभिजन लिग च्याम्पियन
नगरपालिकाले प्रदान गरेको तालिमको सदुपयाेग !
भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय
भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय
कोमल ओली मन्त्रिमा नियुक्त भएपछी सल्लाहकारमा पशुपति शर्मा (भिडियो सहित)।
कोमल ओली मन्त्रिमा नियुक्त भएपछी सल्लाहकारमा पशुपति शर्मा (भिडियो सहित)।