लाङटाङ राष्ट्रिय निकुञ्जमा भिषण आगलागी
सारांश
- रसुवा, २३ वैशाख ।
- लाङटाङ राष्ट्रिय निकुञ्जमा अाइतवार (अाज) भिषण आगलागी भएको छ।
- रसुवाको धुन्चेस्थित ब्राबलको जंगलमा आगलागी भएको हो।
रसुवा, २३ वैशाख । लाङटाङ राष्ट्रिय निकुञ्जमा अाइतवार (अाज) भिषण आगलागी भएको छ। रसुवाको धुन्चेस्थित ब्राबलको जंगलमा आगलागी भएको हो।
डेढ घण्टाअघिबाट सुरु भएको आगो निभाउने प्रयास भइरहेको निकुञ्जले जनाएको छ। लाङटाङ राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको कालिजंग गण र हरित युवा पर्यटन विकास समाजका एक सय भन्दा बढिले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्।
हावाको वेगको कारण आगो निभाउन कठिन भइरहेको निकुञ्जका रेञ्जर रमेश बस्नेतले बताए। पासाङल्हामु राजमार्गभन्दा ५०० मिटर मूनि आगो लागेको रेन्जर बस्नेतले जानकारी दिए।
‘फायर फाइटिङका सामग्री सहित आगो निभाउने प्रयास भइरहेको छ, रेन्जर बस्नेतले भने, थप क्षति हुन नदिनका लागि हाम्रो प्रयास जारी छ।’
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया