सत्तारुढ दलमा खटपटको आशंका, मन्त्रिपरिषद् बैठक स्थगित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ४, २०८१
|
|
३६ पटक हेरिएको
Shares
सत्तारुढ दलमा खटपटको आशंका, मन्त्रिपरिषद् बैठक स्थगित

सारांश

  • काठमाडौं।
  • मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) साँझ ६ बजेका लागि बालुवाटारमा बैठक बोलाएका थिए ।

काठमाडौं। मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) साँझ ६ बजेका लागि बालुवाटारमा बैठक बोलाएका थिए । सत्तारुढ दल एमाले र कांग्रेसबीच चिनियाँ विकास परियोजना बीआरआईको सम्बन्धमा मत्यैक्यता नहुँदा मन्त्रिपरिषद् बैठक बस्न नसकेको एक मन्त्रीले रिपोर्टर्स नेपाललाई जानकारी गराए ।

ती मन्त्रीका अनुसार कांग्रेस–एमालेका नेताहरुबीच अहिले बीआरआईबारे गरमागरम बहस चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी मंसिर १७ गते छिमेकी मुलुक चीन जाँदैछन् । प्रधानमन्त्री ओलीसहित एमाले नेताहरु जुनसुकै हालतमा पनि बीआरआई परियोजना स्वीकार गर्नुपर्ने मतमा छन् ।

कांग्रेसले भने बीआरआई ऋणमा लिन नसकिने बताउँदै आएको छ । देशले अहिले भइरहेको भन्दै धेरै ऋणको भार थेग्न सकिने भन्दै बीआरआई अनुदानमा मात्रै स्वीकार गर्न सकिने कांग्रेसको अडान छ । प्रधानमन्त्री ओलीको चीन भ्रमण पनि अझैं अन्यौलमा रहेको ती मन्त्रीले बताए ।

सत्तारुढ दलमा सुरु भएको खटपटले प्रधानमन्त्री ओलीको चीन भ्रमण र बीआरआई सरकार परिवर्तनको प्रस्थान विन्दु बन्नसक्ने आँकलनसमेत राजनीतिक बृत्तमा सुरु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हराएको कुकुर भेटाउनेलाई घर तथा जग्गा उपहार
हराएको कुकुर भेटाउनेलाई घर तथा जग्गा उपहार
चेल्सीका म्याटिच युनाइटेडमा आवद्द, उनलाई भित्र्याउन युनाइटेडले ४० मिलियन पाउण्ड खर्चियो
चेल्सीका म्याटिच युनाइटेडमा आवद्द, उनलाई भित्र्याउन युनाइटेडले ४० मिलियन पाउण्ड खर्चियो
राजनीतिक परिवर्तनलाई रुपान्तरणको चरणमा लान बाँकी छ : पूर्वराष्ट्रपति भण्डारी
राजनीतिक परिवर्तनलाई रुपान्तरणको चरणमा लान बाँकी छ : पूर्वराष्ट्रपति भण्डारी
पार्टी विवादबारे बोले वामदेव गौतम – ‘चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ’
पार्टी विवादबारे बोले वामदेव गौतम – ‘चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ’
भूमिगत तारको विषयले टोपबहादुर रायमाझी र कुलमान घिसिङ चर्चामा
भूमिगत तारको विषयले टोपबहादुर रायमाझी र कुलमान घिसिङ चर्चामा
के वेश्या वृत्ति आम पेशा हुन सक्छ?
के वेश्या वृत्ति आम पेशा हुन सक्छ?
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
प्रधानमन्त्री ओलीले पाए राष्ट्रिय परिचयपत्र
प्रधानमन्त्री ओलीले पाए राष्ट्रिय परिचयपत्र
नेपाली क्रिकेट टोलीलाई सभामुखको बधाई
नेपाली क्रिकेट टोलीलाई सभामुखको बधाई
बुद्ध र सगरमाथाको विषयमा प्रधानमन्त्री ओलीले भारतप्रति यसरी पोखे असन्तुष्टि
बुद्ध र सगरमाथाको विषयमा प्रधानमन्त्री ओलीले भारतप्रति यसरी पोखे असन्तुष्टि