नेपाली भाषाको प्रयोग घट्दो : प्रतिवेदन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
२१ पटक हेरिएको
Shares
नेपाली भाषाको प्रयोग घट्दो : प्रतिवेदन

सारांश

  • काठमाडौँ, २१ भदौँ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगले आज आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन बुझाउँदै संविधानको मर्मअनुसार राष्ट्रभाषा र मातृभाषाको नीति एवं प्रयोगका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
  • राष्ट्रपति भवन शीतल निवासमा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले सो प्रतिवेदन बुझाएकि हुन् ।

काठमाडौँ, २१ भदौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगले आज आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन बुझाउँदै संविधानको मर्मअनुसार राष्ट्रभाषा र मातृभाषाको नीति एवं प्रयोगका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।राष्ट्रपति भवन शीतल निवासमा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले सो प्रतिवेदन बुझाएकि हुन् ।राष्ट्रपति भण्डारीले आयोगको कामका लागि धन्यवाद दिँदै प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई हस्तान्तरण गर्ने बताइ । संविधानको भाषासम्बन्धी व्यवस्था कार्यान्वयनका लागि सम्बन्धित तहले काम गर्ने विश्वास उनले व्यक्त गरेकी छन् ।

प्रतिवेदनमा संविधानको भावनाअनुसार भाषासम्बन्धी कार्य अघि बढ्न नसकेको उल्लेख छ । नेपालको संविधानमा सङ्घ, प्रदेश र स्थानीय तहमा बहुभाषिक नीति अवलम्बन गर्नुपर्ने भनिएकामा हालसम्म कुनै काम भएको छैन । संविधानमा नेपाली भाषा कामकाजको भाषा हुने भनिएको छ । अध्यक्ष डा अवस्थीले नेपाली भाषाको प्रयोग घट्दै गएको र पलायन हुने खतरातर्फ पनि ध्यानाकर्षण गराइएको बताउए ।

संविधानमा प्रदेशसभाले तोके अनुसारको भाषा प्रदेशको भाषा हुने भनिएकामा हालसम्म कुनै प्रदेशमा निर्णय हुन सकेको छैन ।संविधानबमोजिम आयोगले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन बुझाउँदै आएको छ । नेपालभित्रका भाषाहरुको अध्ययन, अनुसन्धान र अनुगमन गरी यसको संवद्र्धन, विकास गर्न र सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाउन पूरा गर्नुपर्ने आधार तयार गरी सिफारिश गर्न संविधानको धारा २८७ बमोजिम आयोग गठन भएको हो । आयोगमा अध्यक्षको नियुक्ति भए पनि सदस्यहरु रिक्त छन् ।

संविधानमा भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हकको व्यवस्था गरिएको छ । यसमा प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने, सांस्कृतिक जीवनमा सहभागी हुन पाउने र आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवद्र्धन र संरक्षण गर्ने हक हुने व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘उहिलेको पोखरा’मा बाल्यकाल खोज्दै पोखरेली
विदेशको कमाइले स्वदेशको विद्यालयलाई सहयोग
विदेशको कमाइले स्वदेशको विद्यालयलाई सहयोग
After earning over Rs 300 crore in India, Salman Khan and Anushka Sharma’s Sultan to release in China on August 31
After earning over Rs 300 crore in India, Salman Khan and Anushka Sharma’s Sultan to release in China on August 31
चीनसँग लड्न भारतले सीमा क्षेत्रमा ६ हजार गोरखा सैनिक खटायो
चीनसँग लड्न भारतले सीमा क्षेत्रमा ६ हजार गोरखा सैनिक खटायो
नारायणकाजीमाथि खनिए रिमाल-‘कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस’
नारायणकाजीमाथि खनिए रिमाल-‘कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस’
इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरको म्यासेज सेवालाई एउटै बनाउँदै फेसबुक
इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरको म्यासेज सेवालाई एउटै बनाउँदै फेसबुक
जग्गाको स्वामित्व पाउनेमा ढुक्क शुक्लाफाँटाका भूमिहीन
जग्गाको स्वामित्व पाउनेमा ढुक्क शुक्लाफाँटाका भूमिहीन
प्रम ओली देशबाहिर हुँदा प्रचण्ड, नेपाल र खनाल बीच गोप्य छलफल !
प्रम ओली देशबाहिर हुँदा प्रचण्ड, नेपाल र खनाल बीच गोप्य छलफल !
मन्त्री महासेठले भने : ‘एकल लेन सडक निर्माण गर्ने कुनै नीति छैन’
मन्त्री महासेठले भने : ‘एकल लेन सडक निर्माण गर्ने कुनै नीति छैन’
‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश
‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश

तपाईंले छुटाउनुभयो कि?