विश्वकै सबैभन्दा बढी बुढ्याैली जनसङ्ख्या याे देश !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
१५ पटक हेरिएको
Shares
विश्वकै सबैभन्दा बढी बुढ्याैली जनसङ्ख्या याे देश !

सारांश

  • टोक्यो, १ असाेज ।
  • जापान सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणमा जापानको कूल जनसंख्याको २८ प्रतिशत बुढ्यौली उमेरको रहेको पाइएको छ ।
  • बुढ्यौली उमेरको यो अनुपात विश्वकै सर्वाधिक बढी हो ।

टोक्यो, १ असाेज । जापान सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणमा जापानको कूल जनसंख्याको २८ प्रतिशत बुढ्यौली उमेरको रहेको पाइएको छ । बुढ्यौली उमेरको यो अनुपात विश्वकै सर्वाधिक बढी हो । दोस्रो विश्वयुद्ध पश्चात् अत्यधिक जन्मिएका बालबच्चानै अहिले बुढ्यौली उमेरमा प्रवेश गरेका हुन् । सरकारले आइतबार सार्वजनिक गरेको विवरणमा ६५ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिको जनसंख्या तीन करोड ३६ लाख पुगेको छ, अर्थात् यो कूल जनसंख्याको २८.१ प्रतिशत हो ।

राष्ट्रसंघीय तथ्याङ्कका अनुसार, विश्वमै यो अनुपात सर्वाधिक बढी हो । इटालीमा यो अनुपात २३.३ प्रतिशत, पोर्चुगलमा २१.७ प्रतिशत र जर्मनीमा २१.७ प्रतिशत रहेको छ । सरकारी विवरणमा ७० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति २०.७ प्रतिशत रहेको पाइएको छ ।  जनसांख्यिक परिवर्तन हुनुमा जापानको लगातारको न्यून जन्मदर र औसत आयूमा वृद्धि मुख्य कारणहरु रहेका छन् ।  कपाल फुलेका व्यक्तिको जनसंख्याको तिब्र वृद्धिले जापानका नीतिनिर्मातामाथि पेन्सन भुक्तानीको व्यवस्थापन गर्न ठूलो दबाब सिर्जना भएको छ ।

एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?