नेकपाका नेता यस्ताे सुसाइड नोट लेखेर बेपत्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ४, २०७५
|
|
२३ पटक हेरिएको
Shares
नेकपाका नेता यस्ताे  सुसाइड नोट लेखेर बेपत्ता

सारांश

  • उदयपुर ४ कात्तिक।
  • उदयपुर बेलका नगरपालिका- ४ का एक व्यक्ति सुसाइड नोट लेखेर सप्तकोशी नदिमा बेपत्ता भएका छन् ।
  • नेकपाका स्थानीय नेता गणेश बस्नेतलाई सम्वोधन गरेर सुसाइड नोट लेखेर वेलका-४ घर भएका ५२ वर्षीया ज्ञानेन्द्र आचार्य शनिबार साझ सप्तकोशी नदीबाट वेपत्ता भएको वडाध्यक्ष दीपक दंगालले जानकारी दिए ।

उदयपुर ४ कात्तिक। उदयपुर बेलका नगरपालिका- ४ का एक व्यक्ति सुसाइड नोट लेखेर सप्तकोशी नदिमा बेपत्ता भएका छन् । नेकपाका स्थानीय नेता गणेश बस्नेतलाई सम्वोधन गरेर सुसाइड नोट लेखेर वेलका-४ घर भएका ५२ वर्षीया ज्ञानेन्द्र आचार्य शनिबार साझ सप्तकोशी नदीबाट वेपत्ता भएको वडाध्यक्ष दीपक दंगालले जानकारी दिए ।

शनिबार रातिबाट वेपत्ता भएका आचार्यको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक नविन सिंहले जानकारी दिए । प्रहरी निरीक्षक सिंहका अनुसार आचार्यले शनिबार राति उदयपुरको वेलका नगरपालिका ८स्थित कोशी पुलबाट हाम फालेका केही स्थानीयले देखेका थिए ।

नेकपाका कार्यकर्ता समेत रहेका आचार्यले साविकको नेकपा एमालेका तत्कालीन गाउँ कमिटी अध्यक्ष बस्नेतलाई सम्बोधन गर्दै आफूले लामो समय पार्टीमा काम गरेर र आफूले संसार छाड्न भन्दै आफू मरेर गए पनि पार्टीप्रतिको आस्था कहिल्यै नटुट्ने पत्रमा उल्लेख गरेका छन् ।

सप्तकोशी किनारमा सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याप, डुँडखोला, इलाका प्रहरी कार्यालय, रामपुर तथा स्थानीयले खोजी कार्य तीव्र पारेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?