लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ५, २०७६
|
|
५८ पटक हेरिएको
Shares
लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा

सारांश

  • काठमाडाैं।
  •   इंग्लिस क्लब लिभरपुल लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।
  • पोर्टोलाई समग्रमा ६–१ गोल अन्तरले हराउँदै लिभरपुलले अन्तिम चारमा स्थान बनायो।
काठमाडाैं।  इंग्लिस क्लब लिभरपुल लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। पोर्टोलाई समग्रमा ६–१ गोल अन्तरले हराउँदै लिभरपुलले अन्तिम चारमा स्थान बनायो। 
घरेलु मैदानमा भएको पहिलो लेग दुई शून्यको जित निकालेको लिभरपुलले पोर्टोलाई बुधबार राति दोस्रो लेगमा चार एकले हरायो। 
खेलको २६ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । पहिलो हाफमा एक गोलका अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गर्‍यो। ६५ औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलको अग्रता दुई शून्यमा पुर्‍याए।
तर त्यसका तीन मिनेटपछि पोर्टोका इडे मिलिटोले गोल गर्दै अन्तर कम गरेका थिए । लिभरपुलले पोर्टोविरुद्ध त्यसपछि अरु दुई गोल थप्यो । ७७ औं मिनेटमा रोबेर्टो र्फेमिन्होले गोल गरे भने ८४ औं मिनेटमा भान जीकले साडियो मानेको पासमा लिभरपुलका लागि चौथो गोल गरे। 
यसका साथै लिभरपुलले पोर्टोलाई लगातार दोस्रो सिजन हराउन सफल भयो । अब सेमिफाइनलमा लिभरपुलले बार्सिलोनासँग खेल्नेछ भने टोटनह्यामले आयाक्ससँग प्रतिस्पर्धा गर्नेछ । 
लिभरपुल लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने पहिलो इंग्लिस क्लव बनेको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रिब्दीकोट गापाद्वारा तीन वटा स्थानीय ऐन पारित
रिब्दीकोट गापाद्वारा तीन वटा स्थानीय ऐन पारित
यसकारण जस्तोसुकै प्रकोपमा पनि भारतले नेपाल र भुटानका नागरिकलाई रोक्दैन
यसकारण जस्तोसुकै प्रकोपमा पनि भारतले नेपाल र भुटानका नागरिकलाई रोक्दैन
दशैंतिहारमा चियापान कार्यक्रम आयोजना गर्न रोक
दशैंतिहारमा चियापान कार्यक्रम आयोजना गर्न रोक
युएई दिराम र मलेसियन रिंगेटको भाउ घट्यो
युएई दिराम र मलेसियन रिंगेटको भाउ घट्यो
माथिल्लो कर्णाली परियोजना : जीएमआरको म्याद नथप्न दबाब
माथिल्लो कर्णाली परियोजना : जीएमआरको म्याद नथप्न दबाब
पितृ उद्धारका लागि मुक्तिनाथमा तीर्थालुको भीड
पितृ उद्धारका लागि मुक्तिनाथमा तीर्थालुको भीड
ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
कोरोना भाइरस सुरु भएको चीनको वुहानमा मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत वृद्धि
कोरोना भाइरस सुरु भएको चीनको वुहानमा मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत वृद्धि
मोटरसाइकल दुर्घटनामा मृत्यु
मोटरसाइकल दुर्घटनामा मृत्यु