सुपरमंक हेर्न लामा भिक्षुको भीड

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २३, २०७५
|
|
१४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँमा जारी १६ औँ काठमाडौँ अन्तराष्टिय माउन्टेन फिल्म फेस्टिभलको दोस्रो दिन शनिबार दुई बालक भिक्षुमा आधारित फिल्म सुपरमंक प्रदर्शन गरियो ।
  • सरकार माओवादी द्धन्दताकाको परिवेशमा निर्माण भएको सुपरमंकलाई फेस्टिभलमा दर्शकले निकै रुचाए ।
  • १० वर्षे माओवादी द्वन्दताका बालबालिकामाथि हुने राज्य र विद्रोही पक्षको दमन र व्यवहारलाई मुख्य विषय बनाइएको छ ।

काठमाडौँमा जारी १६ औँ काठमाडौँ अन्तराष्टिय माउन्टेन फिल्म फेस्टिभलको दोस्रो दिन शनिबार दुई बालक भिक्षुमा आधारित फिल्म सुपरमंक प्रदर्शन गरियो । सरकार माओवादी द्धन्दताकाको परिवेशमा निर्माण भएको सुपरमंकलाई फेस्टिभलमा दर्शकले निकै रुचाए ।

१० वर्षे माओवादी द्वन्दताका बालबालिकामाथि हुने राज्य र विद्रोही पक्षको दमन र व्यवहारलाई मुख्य विषय बनाइएको छ । त्यस्तै फिल्ममा बालमनोविज्ञान, करुणा र गुम्बा भित्रको शिक्षा पद्धतीलाई पनि फिल्ममा प्रस्तुत गरिएको छ ।

खेन्पो सेनलाङ ग्याम्जोको कथा र निर्देशनमा निर्माण भएको फिल्म सोलुखुम्बुको पुरानो वस्ती जुनबेसी गुम्बा र सेलो गुम्बा वरिपरि छायांकन गरिएको हो । १८ मिनेटको सुपरमंक नेपाल र ताइवानका फिल्ममेकरले संयुक्तरुपमा निर्माण गरेका हुन् । फिल्ममा नोर्देन लामा र किरण गौतमले बाल भिक्षुको भूमिकामा अभिनय गरेका छन् ।

२०७३ मा रिलिज भएकोे खेन्पो सेनाङ ग्याम्जोको पहिलो वृत्तचित्र ‘ज्या ल्हो’ ले पनि सफलता हात परेको थियो। कथा र निर्देशन आफ्नै रहेको १५ मिनेट वृत्तचित्रले २०७४ मा मानवअधिकार फिल्म महोत्सवमा उत्कृष्ट भएको थियो।

ब्राजिलको टीभी सिरियलमा काम गरेका खेन्पो सेनाङले बुद्ध शिक्षा अध्ययन गरी बुद्धिष्ट फिलोसोफिमा पीएचडी गरेका छन्। माथिल्लो मुगुमा जन्मिएका निर्देशक खेम्पो ३० वर्षदेखि औपचारिक रूपमा बुद्ध शिक्षामा अध्ययनरत छन्।

खेन्पो सेनाङले दुर्गम बस्तीको प्राचीन सभ्यता र संस्कृतिमा आधुनिक प्रविधिले पारेको प्रभाव र सामाजिक विषय समेटेर फिल्म निर्माणको तयारी सुरु गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?