प्रदेश पाँचको राजधानी बुटवल नै उचित छ: विष्णु पौडेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
२८ पटक हेरिएको
Shares
प्रदेश पाँचको राजधानी बुटवल नै उचित छ: विष्णु पौडेल

सारांश

  • काठमाण्डौ, ५ माघ ।
  • नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले काम चलाउनका रुपमा अस्थायी राजधानी तोकेकाले आन्दोलनमा जान नहुने बताएका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले प्रदेशसभाले उचित ठाउँमा स्थायी राजधानी तोक्ने भएकाले आन्दोलनमा जान जरुरी नभएको बताए ।

काठमाण्डौ, ५ माघ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले काम चलाउनका रुपमा अस्थायी राजधानी तोकेकाले आन्दोलनमा जान नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले प्रदेशसभाले उचित ठाउँमा स्थायी राजधानी तोक्ने भएकाले आन्दोलनमा जान जरुरी नभएको बताए ।

“प्रदेशका काम कारबाही संचालन गर्नका लागि तोकिएको हो । भोली प्रदेशसभाको दुई तिहाई बहुमतले स्थायी राजधानी तोक्छ ।” उनले भने । “अहिले अस्थायी रुपमा तोकिएका ठाउँहरु नै प्रदेशसभाबाट दुई तिहाई बहुमत पाएर स्थायी हुन पनि सक्ने तर यो कुरा प्रदेश सभाको अधिकारभित्रको हो । आन्दोलन गरेर हुँदैन ।”

आफूले चुनावका बेला जनतालाई प्रदेश नम्बर पाँचको राजधानी बुटवल बनाउँछु भनेर आश्वासन दिएको स्मरण गर्दै पौडेलले भने, “नेपाललाई नचिन्नेहरुले पनि लुम्बिनी र गौतम वुद्धलाई चिन्छन् ।”

प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधार पनि बुटवलमा नै भएको दाबी गर्दै पौडेलले अन्तराष्ट्रिय सम्मेलन केन्द्रदेखि अन्तराष्ट्रिय विमानस्थलसम्म निर्माण भइरहेको ठाउँ भएकाले पनि राजधानी बनाउन उपयुक्त हुने जिकिर गरे ।

बुटवल नै राजधानी बनाउनुपर्ने पाँच नम्बर प्रदेशका बहुसंख्यक जनता र बहुसंख्यक प्रदेश सासंदको चाहना भएको पौडेलको दाबी छ ।

“पाँचनम्बर प्रदेशको राजधानी बुटवल नै ठीक छ । जे निर्णय भएको छ, ठिक छ ।” उनले भने । “यो निर्णयमा पुग्नका लागि मेरो पनि भूमिका छ ।”

बुटवललाई राजधानी तोकिएकोमा तपाईकै पार्टीका शंकर पोखरेलको असहमति छ नि भन्ने धमलाको प्रश्नमा पौडेलले भने, “लोकतन्त्रमा असहमति राख्न पाइन्छ । तर अहिले आन्दोलनको बाटो जाने होइन कि प्रदेशसभाको क्षेत्राधिकार हो भनेर स्विकार गर्नुपर्छ ।”

प्रदेशको राजधानी बुटवल हुँदैमा सबै विकास बुटवलमा मात्रै हुने भनेर नबुझ्न पौडेलले आग्रह गरेका छन् । सडक आन्दोलनमा समय वर्बाद नगर्नसमेत उनले आग्रह गरेका छन् । बुटवल राजधानी ठिक छैन भने प्रदेशसभाले सच्याउने भन्दै उनले संयमित हुन आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री–शुभकामना
प्रधानमन्त्री–शुभकामना
​​​​​स्थानीय तह दोस्रो चरण निर्वाचन मतगणना : ताजा परिणाम
​​​​​स्थानीय तह दोस्रो चरण निर्वाचन मतगणना : ताजा परिणाम
यसकारण आज विवाहका लागि साइत चाहिँदैन, विवाह पञ्चमी
यसकारण आज विवाहका लागि साइत चाहिँदैन, विवाह पञ्चमी
बहुविधाका सर्जक डा. बच्चुकैलाश कैनीका पाँच कृति लोकार्पण
बहुविधाका सर्जक डा. बच्चुकैलाश कैनीका पाँच कृति लोकार्पण
यी हुन् अझैसम्म मोबाइल नबोक्ने ‘ठूला मान्छेहरु’
यी हुन् अझैसम्म मोबाइल नबोक्ने ‘ठूला मान्छेहरु’
चुनावमा लागि राजपा नेपालले राख्यो तीन शर्त, महतो भन्छन्-नत्र मधेसमा चुनाव हुन दिन्नौं
चुनावमा लागि राजपा नेपालले राख्यो तीन शर्त, महतो भन्छन्-नत्र मधेसमा चुनाव हुन दिन्नौं
जिग्री र पाण्डेविरुद्ध प्रहरीमा उजुरी
जिग्री र पाण्डेविरुद्ध प्रहरीमा उजुरी
‘नेपालीले पाएको कष्टका विषयमा मोदीले दुःख व्यक्त गरेको भए राम्रो हुन्थ्यो’
‘नेपालीले पाएको कष्टका विषयमा मोदीले दुःख व्यक्त गरेको भए राम्रो हुन्थ्यो’
चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा
चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा
फोरमका सांसद हरिनारायण रौनियारविरुद्ध हत्याको अभियोगमा किटानी जाहेरी
फोरमका सांसद हरिनारायण रौनियारविरुद्ध हत्याको अभियोगमा किटानी जाहेरी

तपाईंले छुटाउनुभयो कि?