‘लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति छैन’

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १०, २०८०
|
|
३६ पटक हेरिएको
Shares
‘लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति छैन’

सारांश

  • काठमाडौं ।
  • सरकारले लोककल्याण्कारी विज्ञापन नरोकिने स्पष्ट पारेको छ ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सञ्चारविज्ञ नरेन्द्र केसीका अनुसार लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति नरहेको र नरोकिने प्रतिबद्धता यसअघि नै मन्त्री शर्माले स्पष्ट पारिसकेकी छिन् ।

काठमाडौं । सरकारले लोककल्याण्कारी विज्ञापन नरोकिने स्पष्ट पारेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सञ्चारविज्ञ नरेन्द्र केसीका अनुसार लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति नरहेको र नरोकिने प्रतिबद्धता यसअघि नै मन्त्री शर्माले स्पष्ट पारिसकेकी छिन् ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले यही जेठ ९ गते बुझाएको ज्ञापनपत्र बुझ्दै विज्ञापन नरोक्ने र नरोकिने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

चालु आर्थिक वर्षको विनियोजन भएको बजेट अपुग भए थप रकमको प्रबन्ध गरिने मन्त्री शर्माले प्रतिबद्धता व्यक्त गरिन् । आगामी दिनमा लोककल्याण्कारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने मन्त्री शर्माले स्पष्ट गरिसेकेको सञ्चारविज्ञ केसीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ