बराबरीमा रोकिए दक्षिण कोरिया र जोर्डन

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०८०
|
|
२७ पटक हेरिएको
Shares
बराबरीमा रोकिए दक्षिण कोरिया र जोर्डन

सारांश

  • काठमाडौं।
  • जारी एशियन कपमा दक्षिण कोरिया र जोर्डन बराबरीमा रोकिएका छन्।
  • समूह इ अन्तर्गत शनिबार सम्पन्न खेलमा दक्षिण कोरिया र जोर्डन २-२ गोलको बराबरीमा रोकिएका हुन्।

काठमाडौं। जारी एशियन कपमा दक्षिण कोरिया र जोर्डन बराबरीमा रोकिएका छन्। समूह इ अन्तर्गत शनिबार सम्पन्न खेलमा दक्षिण कोरिया र जोर्डन २-२ गोलको बराबरीमा रोकिएका हुन्।

दक्षिण कोरियाले ९१औ मिनेटमा गोल गर्दै यस खेलमा हारबाट बचेको थियो। दक्षिण कोरियाको बराबरी गोल भने जोर्डनका याजन अल अरबले आत्मघाती गोल गरेका थिए। यस अघि दक्षिण कोरियाका लागि सन् हेंग मिनले खेलको नवौं मिनेटमा नै पेनाल्टी मार्फत गोल गर्दै शुरुवात अग्रता दिलाएका थिए। १-० ले पछि परेको जोर्डनले खेलमा कमब्याक गर्दै पहिलो हाफमा २-१ को अग्रता बनाएको थियो।

जोर्डनका लागि एक गोल याजन अल नियामतले गरेका थिए भने अर्को गोल दक्षिण कोरियाका पार्क योंग यूले आत्मघाती गोल गरेका थिए। यो बराबरीपछि जोर्डन र दक्षिण कोरियाको समुह इ मा २-२ खेलमा ४-४ अंक भएको छ र समुहमा पहिलो र दोस्रो स्थानमा रहेका छन्।

अब समूह चरणको अन्तिम खेलमा आगामी विहिबार दक्षिण कोरियाले मलेसियाको सामना गर्ने छ भने जोर्डनले बहराइनको सामना गर्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?