गोर्खाल्यान्ड आन्दोलनलाई वैद्य माओवादीको बलियो साथ: टाइम्स अफ इन्डिया

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १६, २०७४
|
|
५४ पटक हेरिएको
Shares
गोर्खाल्यान्ड आन्दोलनलाई वैद्य माओवादीको बलियो साथ: टाइम्स अफ इन्डिया

सारांश

  • काठमाडौं ।
  • टाइम्स अफ इन्डियामा प्रकाशित एक रिपोर्टका अनुसार भारतीय सीबीआईले ‘भगौडा’ भनेपनि एक जासूसी प्रतिवेदनले निकोल तामाङलाई गोर्खा जनमुक्ति मोर्चा र नेपालमा रहेको माओवादी गुटबीचको सम्पर्क व्यक्तिका रूपमा हेरेको छ ।
  • सन् २०१० मा भएको मदन तामाङको हत्याको मुद्दामा आरोपित निकोल सीआईडीको हिरासतबाट भागेका थिए ।

काठमाडौं । टाइम्स अफ इन्डियामा प्रकाशित एक रिपोर्टका अनुसार भारतीय सीबीआईले ‘भगौडा’ भनेपनि एक जासूसी प्रतिवेदनले निकोल तामाङलाई गोर्खा जनमुक्ति मोर्चा र नेपालमा रहेको माओवादी गुटबीचको सम्पर्क व्यक्तिका रूपमा हेरेको छ । सन् २०१० मा भएको मदन तामाङको हत्याको मुद्दामा आरोपित निकोल सीआईडीको हिरासतबाट भागेका थिए ।

जासूसी प्रतिवेदनअनुसार तामाङले माओवादी नेता मोहन वैद्यले नेतृत्व गरेको गुटसँग सम्पर्क गरेका छन् । उक्त गुटले गोर्खा लिबरेसन आर्मी (जीएलए) र गोर्खाल्यान्ड पर्सनेल (जीएलपी) लाई तालिम दिइरहेको अनि हतियार आपूर्तिको प्रतिबद्धता जाहेर गरेको आरोप टाइम्स अफ इन्डियाले लगाएको छ ।

गोर्खाल्यान्ड आन्दोलनको नेतृत्व गरिरहेको गोर्खा जनमुक्ति मोर्चा (गोजमो) ले यस्ता आरोपलाई ‘खराब नियतसहितको प्रचारबाजी’ भन्दै लगातार खण्डन गरिरहेको छ । मोर्चाले प्रहरीलाई आरोप पुष्टि गर्ने प्रमाण देखाउन चुनौती दिएको छ ।

जासूसी प्रतिवेदनले जीएलपीका दुई समूहलाई माओवादी गुटले महाभारतको तल्लो भेगमा स्थित धरान बजारनजिकैको घना जंगलमा हतियार तालिम दिइरहेको समेत उल्लेख गरेको छ । ‘गोजमो नेतृत्वको आन्दोलनले नेकपा (क्रान्तिकारी माओवादी) बाट बलियो साथ पाइरहेको प्रशस्त प्रमाण भेटिएका छन् । अनि देशलाई अस्थिर बनाउन अन्य विदेशी तत्त्वको पनि प्रभाव छ । हामीहरू यस विषयमा सूचना संकलन गरिरहेका छौं,’ एक अधिकारीले बताए ।

प्रतिवेदनअनुसार गोजमोले आर्थिक अभाव र हतियारको कमी बेहोरिरहेको थियो । स्रोतहरूका अनुसार अहिले उनीहरूलाई करीब दुई लाख गोली आवश्यक छ । विशेषगरी स्नाइपर, इन्सास र एके–४७ का गोलीहरू उनीहरूलाई चाहिएको र उत्तरपूर्वमा सक्रिय विद्रोही समूहहरूबाट उनीहरूले किनेको संकेत पाइएको छ । तर भौगोलिक अप्ठ्याराका कारण उनीहरूले हतियार पाएका छैनन् ।

यही समयमा गोजमोको शीर्ष नेतृत्वसँग नजिक मानिएका निकोलले उनीहरूलाई सहयोग गर्दै दुई समूहबीच पुलको काम गरेको प्रतिवेदनले दाबी गरेको छ । निकोल सन् २०१० मा पिन्टेल गाउँबाट सीआईडीको हिरासतबाट भागेका थिए । टाइम्स अफ इन्डियाले जनाए अनुसार सीबीआईले उनी नेपालमा लुकेर बसेको आरोप लगाएको छ ।न्युज 24 बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नियमविपरीत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको भित्तेपात्रो
नियमविपरीत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको भित्तेपात्रो
दक्षिण कोरियाका संसदीय टोलीको इच्छा
दक्षिण कोरियाका संसदीय टोलीको इच्छा
जोर्डन आक्रमणको प्रतिशोध: इरानको ‘रिभोलुसनरी गार्ड’ माथि अमेरिकाको पहिलो प्रत्यक्ष हवाई हमला, ५० को मृत्यु
जोर्डन आक्रमणको प्रतिशोध: इरानको ‘रिभोलुसनरी गार्ड’ माथि अमेरिकाको पहिलो प्रत्यक्ष हवाई हमला, ५० को मृत्यु
नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
के बन्द भयो भद्रगोल ? पाँडेले लेखे यस्तो स्ट्याटस
के बन्द भयो भद्रगोल ? पाँडेले लेखे यस्तो स्ट्याटस
दोस्रो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेदरल्याण्डको २ विकेटको क्षतिमा १०० रन पुरा
दोस्रो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेदरल्याण्डको २ विकेटको क्षतिमा १०० रन पुरा
युरोकपको नकआउट चरणको समीकरण पूरा
युरोकपको नकआउट चरणको समीकरण पूरा
निःशुल्क आँखा जाँच शिविरमा २३५ लाभान्वित
निःशुल्क आँखा जाँच शिविरमा २३५ लाभान्वित
नेतृत्वमा कुरा मिल्यो, प्रचण्ड कार्यकारी अधिकारसहित कार्यवाहक अध्यक्ष बन्ने
नेतृत्वमा कुरा मिल्यो, प्रचण्ड कार्यकारी अधिकारसहित कार्यवाहक अध्यक्ष बन्ने
मुस्ताङ जाँदा अबदेखि आफ्नै गाडीमा सरर…
मुस्ताङ जाँदा अबदेखि आफ्नै गाडीमा सरर…