काे बन्ला पाकिस्तानकाे राष्ट्रपति ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
१६ पटक हेरिएको
Shares
काे बन्ला पाकिस्तानकाे राष्ट्रपति ?

सारांश

  • इस्लामाबाद, १९ भदौ ।
  • पाकिस्तानको नयाँ राष्ट्रपतिका लागि मङ्गलबार मतदान जारी रहेको छ ।
  • निर्वाचन अधिकारीहरुका अनुसार संसदले वर्तमान राष्ट्रपति मामून हुस्सैनको स्थानमा नयाँ राष्ट्रपति छान्नेछ ।

इस्लामाबाद, १९ भदौ । पाकिस्तानको नयाँ राष्ट्रपतिका लागि मङ्गलबार मतदान जारी रहेको छ । निर्वाचन अधिकारीहरुका अनुसार संसदले वर्तमान राष्ट्रपति मामून हुस्सैनको स्थानमा नयाँ राष्ट्रपति छान्नेछ । संसदका दुबै सदन र चारवटा प्रान्तीय सभाका एक हजारभन्दा बढी सांसदहरुले मतदानमा भाग लिइरहेका छन् । मतगणनाको नतिजा आजै सार्वजनिक हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री इमरान खानका निकटस्थ पूर्व चिकित्सक आरिफ अल्भी चुनावी मैदानमा हुनुहुन्छ । खान नेतृत्वको तेहरिक–ए–इस्लाम पार्टीको समर्थनमा उठ्नु भएका अल्भी नै पाकिस्तानको नयाँ राष्ट्रपति हुने अडकल गरिएको छ किनभने चुनावमा विपक्षी दलहरुले संयुक्त उम्मेदवार उठाउन सकेका छैनन् ।

अल्भीसँगै चुनावमा नवाज शरिफको पाकिस्तान मुस्लिम लीग–नवाजको समर्थनमा जामियत उलेमा–इ–इस्लाम पार्टीका मौलाना फजलूर रहमान उम्मेदवार बनेका छन् । संसदमा तेस्रो ठूलो दल पाकिस्तान पिपुल्स पार्टीका तर्फबाट एजाज अहसनको उम्मेदवारी परेको छ । अल्भीको विजयले प्रधानमन्त्री इमरान खानलाई सत्ता सञ्चालनमा धेरै ठूलो सहयोग पुग्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Agro Turn

    Probably Aitzaz Ahsan but never Faiz Ur Rehman

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?