वनभोजबाट फर्कदै गरेको ट्याक्टर दुर्घटना, तीनको मृत्यु
सारांश
- होत्तरी, ९ माघ ।
- वनभोज खाएर फर्कैदै गरेका यात्रु चढेको ट्याक्टर दुर्घटना हुँदा महोत्तरी जिल्लामा तीनजनाको मृत्यु भएको छ ।
- सोमबार राति साढे ९ बजे रामगोपालपुर नगरपालिका ८ थलहीमा सरस्वती पूजाको अवसर पारेर वनभोज गएका ब्यक्तिहरू लिएर फर्किँदै गरेको ज १ त ३५१६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।
होत्तरी, ९ माघ । वनभोज खाएर फर्कैदै गरेका यात्रु चढेको ट्याक्टर दुर्घटना हुँदा महोत्तरी जिल्लामा तीनजनाको मृत्यु भएको छ ।
सोमबार राति साढे ९ बजे रामगोपालपुर नगरपालिका ८ थलहीमा सरस्वती पूजाको अवसर पारेर वनभोज गएका ब्यक्तिहरू लिएर फर्किँदै गरेको ज १ त ३५१६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा आठ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ७ का ४० वर्षीय सत्यचन्द्र साह, १८ वर्षीय रामबाबु मण्डल र ४५ वर्षीया सावित्रीदेवी मण्डल रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएक आठै जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना पश्चात् फरार रहेका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया