केपी ओलीको घरलाई लक्षित गरी बम विस्फोट

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
केपी ओलीको घरलाई लक्षित गरी बम विस्फोट

सारांश

  • दमक : झापाको दमकस्थित एमाले अध्यक्ष केपी ओलीको घर बाहिर बम बिस्फोट भएको छ ।
  • शनिबार बिहान ४ बजे बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।
  • विस्फोटबाट कुनै क्षती भने भएको छैन ।

दमक : झापाको दमकस्थित एमाले अध्यक्ष केपी ओलीको घर बाहिर बम बिस्फोट भएको छ । शनिबार बिहान ४ बजे बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

विस्फोटबाट कुनै क्षती भने भएको छैन । घरको गेट बाहिर झोला एउटा झुण्ड्याइएको अवस्थामा रहेको र त्यहाँ पनि बम हुन सक्ने इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक दिपक गिरीले जानकारी दिए ।

झोलाभित्र शंकास्पद बस्तु भएकोले त्यसलाई डिस्पोज गर्न केरखाबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल आइपुगेको छ । कुन बम विस्फोट भएको र कसले गराएको भन्ने बारे अनुसन्धान भइरहेको बम विस्फोट गराउनेको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ प्रहरीले दमकको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    शक्ति शक्ति शक्ति शक्ति

    ?????????????????

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?