पत्याउनुहुन्छ ? एक कल फोन गर्न दुई दिन पैदल

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
४६ पटक हेरिएको
Shares
पत्याउनुहुन्छ ? एक कल फोन गर्न दुई दिन पैदल

सारांश

  • काठमाडौं, ५ फागुन – नेपाल टेलिकमका देशभर जिएसएमका १ करोड ६५ लाख र सिडिएमएका १६ लाख तथा एनसेलका १ करोड ३० लाख प्रयोगकर्ता छन् ।
  • तर, ३ लाख ८८ हजार जनसंख्या रहेको कर्णाली क्षेत्रमा भने फोन गर्न दुई दिनसम्म हिँड्नुपर्ने बाध्यता छ ।
  •  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

काठमाडौं, ५ फागुन – नेपाल टेलिकमका देशभर जिएसएमका १ करोड ६५ लाख र सिडिएमएका १६ लाख तथा एनसेलका १ करोड ३० लाख प्रयोगकर्ता छन् । तर, ३ लाख ८८ हजार जनसंख्या रहेको कर्णाली क्षेत्रमा भने फोन गर्न दुई दिनसम्म हिँड्नुपर्ने बाध्यता छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

हुम्लाका १९ गाउँ टेलिफोन सेवाबाट वञ्चित छन् भने उपल्लो डोल्पाका तीन गाउँपालिकामा नै टेलिफोन छैन । डोल्पोबुद्ध गाउँपालिकाको धो गाउँमा एउटा फोन छ, जहाँ अन्य गाउँका बासिन्दा दुई दिन हिँडेर टेलिफोन गर्न आउँछन् ।

धो गाउँका बासिन्दाले पनि आफ्नै लगानीमा फोन जोडेका हुन् । त्यस्तै, छार्का गाउँका बासिन्दा फोन गर्न दुई दिने हिँडेर शेरी गाउँ पुग्छन् । अझ भिजेरका बासिन्दा तीन दिन हिँडेर फोन गर्नकै लागि फोक्सुन्डोमा पुग्छन् । दुई–तीन हिँडेर फोनस्थल पुग्ने सर्वसाधारण प्रतिमिनेट १० रुपैयाँ तिर्छन् ।

मुगुमा फोनमा कुरा गर्न घरबाहिर

मुगुका बासिन्दाले आफन्तसँग एक कल फोन गर्न दुई दिनसम्म हिँड्नुपर्छ । यहाँका ६० प्रतिशत परिवार अहिले पनि टेलिफोन सेवाको पहुँचबाहिर छन् । ११ वडा रहेको सोरु गाउँपालिकामा नेपाल टेलिकमको एउटा मात्रै टावर छ ।

त्यसले सीमित ठाउँसम्म मात्र काम गर्ने भएकाले स्थानीय बासिन्दा एक दिनसम्म हिँडेर फोनस्थल पुग्छन् । यहाँका दर्जनौं गाउँमा टेलिफोन सुविधा छैन । टेलिफोन सेवा भएका दुईवटा वडामा पनि घरभित्र बसेर सम्पर्क हुँदैन ।

कुराकानी गर्न घरबाहिर निस्कनुपर्छ । लिब्रु गाउँका अंगबहादुर शाहीले भने, ‘घरभित्र बसेर आफन्तसँग कुरा गर्न मिल्दैन, बाहिर निस्कनुपर्छ ।’

गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले पूरै गाउँपालिकामा सजिलै टेलिफोन सम्पर्क गर्न हुने गरी टावर राख्न पहल गरिने बताए । त्यस्तै, खत्याड गाउँपालिकामा चारवटा टेलिफोन टावर भए पनि काम गर्दैनन् । खत्याडको कोटडाँडास्थित टावरले राति काम गर्दैन ।

खत्याडका निगालिबोट, बाउपानी, जम्फै साडबाडालगायतका दर्जन गाउँमा टेलिफोन सेवा अवरुद्ध छ । मुगम कार्मारोङ गाउँपालिकाको मह, मांग्री, छाइल, चिमात, डोल्फुलगायतका दर्जनबढी गाउँमा टेलिफोन सेवा नभ

फोन गर्न डाँडा उक्लिँदै जुम्लावासी

नेपाल टेलिकमले जिल्लाभर सिडिएमए फोन वितरण गरेको भए पनि सदरमुकाम चन्दननाथ नगरपालिकामै राम्रोसँग काम गर्दैन । चन्दनाथ–८ स्थित तलिउम स्वास्थ्य चौकी इन्चार्ज नरेन्द्र धरलाले फोन सेवा नभएकाले मौखिक खबर पठाएर काम चलाइरहेको बताए ।

त्यस्तै, पातारासी, गोठीचौर, तातोपानी, तिला, हिमा, सिजा र कनकासुन्दरी गाउँपालिकामा वितरित सिडिएमए फोनमा आवाज नै बुझिँदैन । कनकासुन्दरी गाउँपालिकाका दीपेन्द्र उपाध्यायले फोन गर्दा अग्लो डाँडामा जानुपर्ने गरेको बताए ।

तीन दिन हिँड्दै छार्कावासी

उपल्लो डोल्पा सञ्चारविहीन छ । यहाँका शे–फोक्सुन्डो, डोल्पो बुद्ध र छार्काताङसोङ गाउँपालिकामा फोनसेवा छैन । केही गाउँमा मोबाइलमा टावर आउने भए पनि सम्पर्क नहुने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

साल्दाङ, भिजेर, छार्कालगायतका दर्जनौं गाउँका बासिन्दा तीन दिनसम्म हिँडेर फोन भएको ठाउँमा पुग्छन् । ठूलीभेरी नगरपालिकाअन्तर्गत माझफालमा नमस्तेको टावर निर्माणाधीन अवस्थामा छ । यसअघि, २३ गाउँमा भिस्याट प्रविधिका फोन राखिएको भए पनि २० ठाउँका बिग्रिएका छन् ।

एको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले बताए ।

यहाँका बासिन्दाले फोन गर्न एकदिन हिँड्नुपर्छ । सदरमुकामबाहिरका टावर सोलारकै भरमा चल्ने भएकाले राति समस्या हुने गरेको नेपाल टेलिकम मुगुका कार्यालय प्रमुख कमल केसीको भनाइ छ ।

हुम्लामा फोन गर्न दुई दिन पैदल

नेपाल टेलिकम, हुम्लाले ४५ हजार सेवाग्राहीलाई सिम वितरण गरेको छ । टेलिकम हुम्ला कार्यालयका प्रमुख रामबहादुर खाँतीका अनुसार ६ वटा टावर पनि छन् । तर, यहाँका सात गाउँपालिकाको १९ गाउँका बासिन्दा टेलिफोन सेवाबाट वञ्चित छन् ।

उनीहरू दुई दिन हिँडेर टेलिफोनसम्म पुग्ने गरेका छन् । सदरमुकाम सिमकोटबाहेकका सर्केगाड, मेल्छाम, सर्किदेउ, मुचु र रायामा रहेका टावरले राम्रोसँग काम नगर्दा टेलिफोन सेवा अवरुद्ध भइराख्छ ।

सेवा विस्तार जारी छ प्रतिभा वैद्य, प्रवक्ता, नेपाल टेलिकम 
ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्ने कार्यक्रम जारी छ । कर्णाली क्षेत्रमा टावर निर्माण गर्नमा समस्या हुने र भएका पनि मर्मतसम्भार हुन नसक्दा सेवा विस्तार नभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?