जथाभावी राखिएका बस र टिकट काउन्टर हटाउन निर्देशन

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १५, २०७६
|
|
२० पटक हेरिएको
Shares
जथाभावी राखिएका बस र टिकट काउन्टर हटाउन निर्देशन

सारांश

  • काठमाडौँ, १५ वैशाख ।
  • ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ ।
  • महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको गौशाला, कलङ्की, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या परेकाले सात दिनभित्र हटाउने जनाएको हो ।

काठमाडौँ, १५ वैशाख । ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको गौशाला, कलङ्की, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या परेकाले सात दिनभित्र हटाउने जनाएको हो ।

जिल्ला प्रशासन कार्यालयमा केही दिनअगाडि बसेको ट्राफिक प्रहरी र यातायात व्यवसायीको बैठकले नयाँ बसपार्क तथा अन्य ठाउँमा नियमानुसार राखिएका काउन्टरमा टिकट वितरण गर्ने व्यक्तिले अनिवार्य रुपमा पोशाक लागउनुपर्ने र साथमा परिचयपत्र राख्नुपर्ने व्यवस्था गरेको थियो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै अगुवाइमा पछिल्लो समय उपत्यकाभित्रको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट जारी भएको तीनमहीने सुधार योजना कार्यान्वयन गर्न बसपार्क पुलमुनिको सडक अतिक्रमण पनि हटाउने भएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले नयाँ बसपार्क पुलमुनिको टहरा सात दिनभित्र नहटाए बल प्रयोग गरेर करिडोर खोल्ने निर्णय भइसकेको जानकारी जानकारी दिनुभयो । यस्तै बालाजु पुलनजीक रहेको शिवमन्दिर क्षेत्रको साँघुरो बाटोलाई फराकिलो बनाइने भएको छ । महाशाखाले हाल तोकिएको समय बाहेक मालवाहक टिपरलाई उपत्यका प्रवेश निषेध गरेको अवस्थामा टिपर तथा ट्रकको प्राविधिक जाँचपासका लागि दैनिक भक्तपुर नाकाबाट २० र कलङ्की नाकाबाट २० सवारी साधनलाई ट्राफिक प्रहरीको लिखित पासअनुसार प्राविधिक जाँचपासका लागि स्वीकृत दिने भएको छ ।

यस्तै विभिन्न जिल्लाबाट काठमाडौँ भित्रिने सवारी साधन नयाँ बसपार्क नगई आफूखुशी विभिन्न स्थानमा रोकिने भएकाले यसलाई कडाइ गरिने भएको छ । लामो तथा मध्यम दूरीका यात्रुवाहक सवारी साधनले अनिवार्य रुपमा टिकट जारी नगरे कारवाही गरिने जनाइएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले उपत्यकाको समग्र ट्राफिक सुधारका लागि ट्राफिक प्रहरीले चालेको कदम सराहनीय भएको बताउनुभयो ।

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकालाई नमूना राजधानीका रुपमा विकास गर्न गरेको प्रतिबद्धताअनुसार तीनमहीने कार्ययोजना बनाएर काम शुरु गरेको हो । महाशाखाले हालसम्म सुकेधारा, गौशालाचोक, धुम्बाराही, चप्पलकारखाना र शङ्खपार्कमा आठवटा जेब्राक्रसिङ निर्माण, चावहिल र सुकेधारामा स्टप लाइन निर्माण, दुई हजार ६७० मोटरसाइकल तथा स्कुटरलाई ट्राफिक सचेतना कक्ष सञ्चालन गरिसकेको छ । यस्तै ५०१ प्रदूषण जाँचमा अनुत्तीर्ण भएका सवारी साधनलाई कारवाही, चावहिलदेखि सुकेधारासम्म सडकको बीच भागमा लाइन निर्माणका साथै नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, कोटेश्वरदेखि गौशालासम्म, थापाथलीदेखि सोल्टीमोडसम्म र लाजिम्पाट क्षेत्रका फुटपाथ हटाइएको महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारी साधन सञ्चाल भइरहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाख सवारी साधन सञ्चाल भइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिमका पाँच वडामा नेकपा र दुई वडामा कांग्रेस विजयी
सुदूरपश्चिमका पाँच वडामा नेकपा र दुई वडामा कांग्रेस विजयी
एकतालाई सार्थकता दिन प्रचण्डलाई यूवासंघ र वाइसियलको आग्रह
एकतालाई सार्थकता दिन प्रचण्डलाई यूवासंघ र वाइसियलको आग्रह
विवादपछि रोकिएको काठमाडौँ भ्यू टावर निर्माण कार्य सुरु
विवादपछि रोकिएको काठमाडौँ भ्यू टावर निर्माण कार्य सुरु
मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
१८८ देशमा कोरोनाको महामारी, ३ लाखबढी संक्रमित, २४ घण्टामा १६३८ जनाको मृत्यु
१८८ देशमा कोरोनाको महामारी, ३ लाखबढी संक्रमित, २४ घण्टामा १६३८ जनाको मृत्यु
Windscribe Review – A Look at Fast Email Preventing Software
साउन ७ गते मंगलबारको राशीफल यस्तो छ
साउन ७ गते मंगलबारको राशीफल यस्तो छ
प्रतिनिधिसभा बिघटनविरुद्धको रिटमाथि सुनुवाई, वृहत पूर्ण इजलास गठनको निवेदनबारे के होला ?
प्रतिनिधिसभा बिघटनविरुद्धको रिटमाथि सुनुवाई, वृहत पूर्ण इजलास गठनको निवेदनबारे के होला ?
राखी सावन्तले आफूले बिहे गरेको पुष्टि गर्दै प्रेमकथा सुनाइन्, को हुन् उनका पति ?
राखी सावन्तले आफूले बिहे गरेको पुष्टि गर्दै प्रेमकथा सुनाइन्, को हुन् उनका पति ?
काठमाण्डाैकाे फोहोर उठ्न अझै १ हप्ता लाग्ने
काठमाण्डाैकाे फोहोर उठ्न अझै १ हप्ता लाग्ने

तपाईंले छुटाउनुभयो कि?