वामदेव कता ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ४, २०८१
|
|
५२ पटक हेरिएको
Shares
वामदेव कता ?

सारांश

  • काठमाडौं।
  • नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले राष्ट्रिय एकता अभियानका संयोजक एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी थालेको छ।
  • एकीकृत समाजवादीका शीर्ष नेताले गौतमसँग यस विषयमा छलफल गर्ने भएका छन्।

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले राष्ट्रिय एकता अभियानका संयोजक एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी थालेको छ। एकीकृत समाजवादीका शीर्ष नेताले गौतमसँग यस विषयमा छलफल गर्ने भएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वउपाध्यक्ष, पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका गौतमलाई पार्टीमा भित्र्याउने निर्णय गर्दै एकीकृत समाजवादीले उनीसँग छलफल गर्न लागेको हो।

स्रोतका अनुसार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले गौतमसँग बिहीबार (आज) छलफल गर्दै छन्। काठमाडौंमा तीन जना नेताका बीचमा छलफल हुने बताइएको छ।

मंगलबार एकीकृत समाजवादीको सम्पन्न स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भित्र्याउने ’boutमा छलफल गर्ने निर्णय गरेको छ । छलफल गर्नका लागि नेपाल र भुसाललाई जिम्मेवारी दिइएको छ।

हामीले यसअघि नै पार्टी एकीकरणका लागि निर्णय गरिसकेका छौं, एमालेले कुनै चासो नै राखेन, मिडियाबाट एकीकृत समाजवादीले पार्टी प्रवेशका ’boutमा निर्णय गरेको थाहा पाएको छु तर अहिलेसम्म कुनै औपचारिक पत्र पाएको छैन

एकीकृत समाजवादीका उपाध्यक्ष धर्मनाथप्रसाद साहले पार्टी स्थायी कमिटी बैठकमा गौतमलाई पार्टीमा भित्र्याउने विषयमा छलफल भएको बताए । सोही छलफलका आधारमा गौतमसँग पार्टीका शीर्ष नेताले थप छलफल गर्ने निर्णय पनि भएको साहले जनाएका छन् ।

‘उहाँ (वामदेव) एकीकृत समाजवादीमा आउन खोज्नुभएको छ, उहाँ आउँदा पार्टीका लागि राम्रै हुन्छ भन्नेमा पार्टीमा छलफल भई थप छलफल गर्नका लागि शीर्ष नेताहरूलाई जिम्मेवारी दिइएको छ, उहाँ छिट्टै नै एकीकृत समाजवादीमा लाग्नुहुने विश्वास हामीलाई छ,’ एकीकृत समाजवादीका उपाध्यक्ष साहले भने।

गौतम कहिले एमाले त कहिले एकीकृत समाजवादीमा प्रवेश गर्ने चर्चा चल्दै आएको छ । स्वयं गौतमले एमाले र एकीकृत समाजवादी दुवै दलमा प्रवेश गर्ने चाहना राख्दै आएका छन् । गौतम नेतृत्वको अभियानले एकता गर्ने विषयमा निर्णय पनि यसअघि नै गरिसकेको छ । तर, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई एमालेमा प्रवेश गराउन नचाहेको स्रोतको दाबी छ । त्यसैले, गौतम पछिल्लो समय एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना बढेको छ ।

गौतम एमाले प्रवेश गर्दा आफैंलाई समस्यामा पार्ने त्रासका कारण ओलीले उनलाई पार्टी प्रवेश नगराएको बताइन्छ। पछिल्लो समय एमालेको अध्यक्ष बन्ने रणनीतिका साथ सक्रिय हुँदै गरेकी पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीसँग समेत गौतमको छलफल भएको थियो। सोको जानकारी पाएपछि ओली गौतमलाई पार्टी प्रवेश गराउनबाट पछि हटेको स्रोतको भनाइ छ।

गौतमले आफूलाई एमाले, एकीकृत समाजवादीसहितका दलले पार्टीमा प्रवेश गराउन खोजेको बताए। राष्ट्रिय एकता अभियानले प्रवेश गर्ने ’boutमा निर्णय गरे पनि ओलीले चासो नदेखाएको आरोप उनले लगाए । तर, मिडियामा आएको खबरअनुसार आफूलाई एकीकृत समाजवादीले प्रवेश गराउन खोजेको भए पनि औपचारिक रूपमा कुनै पत्र नपाएको गौतमले जनाएका छन्।

‘हामीले यसअघि नै पार्टी एकीकरणका लागि निर्णय गरिसकेका छौं, एमालेले कुनै चासो नै राखेन, मिडियाबाट एकीकृत समाजवादीले पार्टी प्रवेशका विषयमा निर्णय गरेको थाहा पाएको छु तर अहिलेसम्म कुनै औपचारिक पत्र मैले पाएको छैन,’ गौतमले भने, ‘औपचारिक रूपमा पत्र आए छलफल गर्न म तयार छु, मैले सबै कम्युनिस्ट पार्टीलाई एकीकृत गर्न खोजेको हो।’

यसबीचमा एमाले, एकीकृत समाजवादीदेखि अशोक राई नेतृत्वको जसपा, नेकपा (माओवादी केन्द्र)सम्मले आफ्नो पार्टीमा आउन आग्रह गरेको गौतमले बताए। तर, कुनै पनि दलले ठोस रूपमा छलफल नगरेको उनले बताए । अब छलफल गरेर के गर्ने भन्नेमा निर्णय गर्ने गौतमले जनाएका छन्।

भैसेपाटीस्थित आफ्नै निवासमा एकता अभियान नामको पार्टी कार्यालय खोलेर बसेका गौतम एमाले र एकीकृत समाजवादीमध्ये सुरुमा जसले बोलाउँछ त्यसैमा जाने आन्तरिक तयारीमा छन् । एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशका विषयमाआग्रह गर्दासमेत कुनै चासो नदेखाएका कारण गौतम एकीकृत समाजवादीमा दलबलसहित प्रवेश गर्ने बताइएको छ ।

गौतम एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको चर्चासँगै उनलाई हतारमा निर्णय नगर्न एमाले नेताहरूले सुझाव दिइरहेका छन् । स्रोतका अनुसार एकीकृत समाजवादीमा वरिष्ठ नेताको पद लिएर जान लागेका गौतमलाई रोक्न एमाले नेताहरू सक्रिय भएका हुन् । एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतले फोन गरेर तत्काल एकीकृत समाजवादीमा प्रवेशको निर्णय नलिन आग्रह गरेका हुन् ।

‘अहिले नै एकीकृत समाजवादीमा प्रवेश गर्ने हतार नगर्नुहोला, केही समय कुर्नुहोला, हामी यता (एमाले)मा कुरा गर्दै छौं, तपाईं यतै (एमाले) आउनुपर्छ, उता जाने हतारमा निर्णय गरेर पछुताउनुपर्ला’ भन्दै एमाले नेताहरूले गौतमलाई सुझाव दिन थालेका छन्। जवाफमा गौतमले एमालेमा प्रवेश गर्दा सुनुवाइ नगर्ने अहिले आएर यता नजानु, उता नजानु भन्ने भन्दै आक्रोश व्यक्त गरेका छन्।

एमालेका पूर्वउपाध्यक्षसमेत रहेका गौतम २०७५ सालमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदा नेकपाको सचिवालय सदस्य थिए। नेकपाको आन्तरिक विवाद एवं घरझगडामा गौतम कहिले ओली त कहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा देखिन्थे।

नेकपाको विघटनसैगै एमाले र माओवादी केन्द्र ब्युँतिएपछि गौतम कुनै दलमा लागेनन्। उनी स्वतन्त्र भए। राष्ट्रिय एकता अभियान संगठन निर्माण गरेर त्यसको संयोजक भए। एमालेबाट विभाजन भई गठन भएको एकीकृत समाजवादीसहितका कम्युनिस्ट पार्टीलाई पुनः एकीकृत गर्ने प्रयास गरे पनि गौतम असफल भए। त्यसपछि उनी कहिले एमाले, कहिले एकीकृत समाजवादीमा प्रवेश गर्ने चर्चा चल्दै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खर्च नभएको बजेट के गर्दैछ अर्थ मन्त्रालयले ?
खर्च नभएको बजेट के गर्दैछ अर्थ मन्त्रालयले ?
पार्टी एकताकै दिन ओली र प्रचण्डले किन दिए   निर्वाचन आयोगमा निवेदन ?
पार्टी एकताकै दिन ओली र प्रचण्डले किन दिए   निर्वाचन आयोगमा निवेदन ?
सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो
सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दो
मुख्यमन्त्रीहरुको भेला सम्पन्न, केन्द्र सरकारलाई दिए यस्तो चेतावनी!
मुख्यमन्त्रीहरुको भेला सम्पन्न, केन्द्र सरकारलाई दिए यस्तो चेतावनी!
नेपालकै पहिलो मिडिया फेस्टिभलको अन्तिम तयारीः के के हुन्छ फेष्टिभलमा ?
नेपालकै पहिलो मिडिया फेस्टिभलको अन्तिम तयारीः के के हुन्छ फेष्टिभलमा ?
रामेछापमा बस दुर्घटना : ३ को मृत्यु, १८ जना घाइते
रामेछापमा बस दुर्घटना : ३ को मृत्यु, १८ जना घाइते
देउवाप्रति विवेक देखाउन नसक्ने सागर कसरी विवेकशिल ?
देउवाप्रति विवेक देखाउन नसक्ने सागर कसरी विवेकशिल ?
गुल्मी जिल्लामा हुने प्रदेश तथा प्रतिनिधि सभाकाे उम्मेदवारकाे लागि नाम शिफारिस
गुल्मी जिल्लामा हुने प्रदेश तथा प्रतिनिधि सभाकाे उम्मेदवारकाे लागि नाम शिफारिस
पत्नीले विदेशबाट पठाइएको रकमबारे पतिलाई हिसाब बुझाउन नसक्दा ‘डिभोर्स’
पत्नीले विदेशबाट पठाइएको रकमबारे पतिलाई हिसाब बुझाउन नसक्दा ‘डिभोर्स’
लालझाडीमा ४० जना कुष्ठरोगी
लालझाडीमा ४० जना कुष्ठरोगी