रसुवामा साढे ७ बजेपछि मात्र सकियो मतदान

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
३२ पटक हेरिएको
Shares
रसुवामा साढे ७ बजेपछि मात्र सकियो मतदान

सारांश

  • रसुवा, मंसिर १० – रसुवामा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ ।
  • आइतबार भएको प्रतिनिधि तथा प्रदेशसभा चुनावमा बेलुकी साढे ७ बजे मतदान सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
  • ४५ वटा मतदान केन्द्र रहेको रसुवमा बिहान ७ बजेदेखि नै मतदान सुरु गरिएको भए पनि चिसोका कारण मतदाता ढिलो मात्र मतदान केन्द्रमा पुगेका थिए ।

रसुवा, मंसिर १० – रसुवामा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । आइतबार भएको प्रतिनिधि तथा प्रदेशसभा चुनावमा बेलुकी साढे ७ बजे मतदान सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

४५ वटा मतदान केन्द्र रहेको रसुवमा बिहान ७ बजेदेखि नै मतदान सुरु गरिएको भए पनि चिसोका कारण मतदाता ढिलो मात्र मतदान केन्द्रमा पुगेका थिए । सुरुको दुई घण्टा मतदान गर्नका लागि न्युन मतदाता मात्र सहभागी थिए ।

मतदान केन्द्रमध्ये ४३ वटा मतदान केन्द्रमा बेलुकी ५ बजेभित्रै मतदान सम्पन्न भएपनि यार्सा, कालिकास्थान र ठूलोगाउँमा रहेको मतदान केन्द्रमा ढिलोसम्म मतदान भएको छ ।

सबैभन्दा ढिलोगरी उत्तरगया गाउँपालिका–३ ठुलोगाउँस्थित भूमेदेवी मावि मतदान केन्द्रमा बेलुकी साढे ७ बजे मतदान सकिएको हो । उत्तरगया गाउँपालिका–३ का एक हजार ३१ मतदाता रहेका थिए ।

मतदान सकिएसँगै प्रत्येक मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरेर सदरमुकाम ल्याउन थालिएको छ । सदरमुकामबाट नजिक रहेका स्थानबाट मतपेटिका संकलन गरी सदरमुकाम ल्याउन थालिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो । ३२ हजार तीन सय २३ मतदाता रहेको रसुवामा २६ हजार एक सय १४ मत खसेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?