पेट्रोलियम पदार्थको मुल्य घट्यो ।
सारांश
- काठमाडौं जेठ ३, आजराती १२: ०० बजे देखी लागू हुने गरि नेपाल आयल निगमबाट पेट्रोल,डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा निम्नानुसार प्रति लिटर मूल्य घटाई समायोजन गरिएको छ ।
- हवाई ईन्धन र एल.
- पि.
काठमाडौं जेठ ३, आजराती १२: ०० बजे देखी लागू हुने गरि नेपाल आयल निगमबाट पेट्रोल,डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा निम्नानुसार प्रति लिटर मूल्य घटाई समायोजन गरिएको छ । हवाई ईन्धन र एल.पि.ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।
पेट्रोल – रु. २।०० प्रति लि.
डिजेल / मट्टितेल – रु. १।०० प्रति लि.
तदनुसार काठमाडौंको नयाँ खुद्रा विक्रीमूल्य :
पेट्रोल – रु. १०९।५० प्रति लि.
डिजेल / मट्टितेल – रु. ९७।०० प्रति लि.
इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको हो । यो समायोजन पश्चात भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सिमा मूल्यमा पेट्रोलमा रु. १५।६७ प्रति लि. र डिजेल रु. १६।६४ प्रति लि. ले नेपाल तर्फ नै सस्तो कायम हुन पुगेको छ ।
प्रतिक्रिया