आफ्नो मालिकको हत्यारालाई कुकुरले मारेपछि……

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०८०
|
|
२१ पटक हेरिएको
Shares
आफ्नो मालिकको हत्यारालाई कुकुरले मारेपछि……

सारांश

  • दाङ ।
  • एउटा कुकुरले आफ्नो मालिकको हत्यारालाई मा-यो भन्ने सुन्दा तपाईलाई अच्चम लाग्न सक्छ ।
  • तर यो वास्तविकता हो ।

दाङ । एउटा कुकुरले आफ्नो मालिकको हत्यारालाई मा-यो भन्ने सुन्दा तपाईलाई अच्चम लाग्न सक्छ । तर यो वास्तविकता हो । दाङको तुलसीपुर उपमहानगरपालिका– ११ कटाहा निवासी ४० वर्षीया ललिता डाँगीको सर्पले डसेर मृत्यु भएको छ ।

स्रोतका अनुसार उनको आइतबार राती उपचारको क्रममा मृत्यु भएको हो । उनलाई बेलुका भान्सा कोठामा खाना पकाउने क्रममा खुट्टामा सर्पले टोकेपछि उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो ।

त्यहाँ उनको उपचार हुननसकेपछि थप उपचारको लागि बाँकेको भेरी अस्पताल नेपालगञ्ज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।

सर्पले डाँगीलाई टोकेपछि उनको घरमा रहेको कुकुर घरको वरिपरि घुमेर उक्त सर्पलाई खोजी रहेको थियो । कुन जातको सर्प हो? भनी पत्ता लगाउन खोज्दा प्वाल खनिएको थियो । कुकुरले गोमन सर्पलाई तानेर बाहिर ल्याई मारेको थियो । सर्पलाई मारेको केहीबेर पछि कुकुरको पनि मृत्यु भएको मृतकको परिवारले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?