वायु सौर्य आयोजना ६ महीनादेखि ठप्प

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २२, २०७५
|
|
५२ पटक हेरिएको
Shares
वायु सौर्य आयोजना ६ महीनादेखि ठप्प

सारांश

  • हेटौँडा, २२ फागुन,रु एक करोड ११ लाखको लागतमा मकवानपुरको बागमती गाउँपालिकामा निर्माण गरिएको वायु सौर्य मिश्रित आयोजना विगत छ महीनादेखि ठप्प भएको छ ।
  • गाँउपालिका–५ भोर्लेनीमा स्थापित उक्त आयोजना नेपालको दोस्रो वायु सौर्य मिश्रित आयोजना हो ।
  • आयोजनाको ब्याट्री पड्किएको र उपकरणको मर्मत सम्भार नगर्दा आयोजनाको काम ठप्प भएको हो ।

हेटौँडा, २२ फागुन,रु एक करोड ११ लाखको लागतमा मकवानपुरको बागमती गाउँपालिकामा निर्माण गरिएको वायु सौर्य मिश्रित आयोजना विगत छ महीनादेखि ठप्प भएको छ । गाँउपालिका–५ भोर्लेनीमा स्थापित उक्त आयोजना नेपालको दोस्रो वायु सौर्य मिश्रित आयोजना हो । आयोजनाको ब्याट्री पड्किएको र उपकरणको मर्मत सम्भार नगर्दा आयोजनाको काम ठप्प भएको हो ।

विसं २०७२ मा निर्माण गरिएको २५ किलोवाट क्षमताको आयोजनामा सौर्य शक्तिबाट १५ किलोवाट र हावाबाट १० किलोवाट विद्युत् उत्पादन हुँदै आएको थियो । भोर्लेनी वायु तथा सौर्य ऊर्जा उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर घलानका अनुसार आयोजना सञ्चालन भएदेखि नै समस्या थियो । आयोजनामा जडान गरिएका १०० ब्याट्रीमध्ये ४० ब्याट्री मात्र काम लाग्ने थिए । गत असोजमा ती ४० ब्याट्री पनि पड्किएपछि आयोजनाको विद्युत उत्पादन बन्द भएको छ ।

उपभोक्ता समितिको लामो मागपछि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट प्राविधिकरूपमा आयोजनाको निरीक्षण भएको थियो । केन्द्रका प्राविधिकका अनुसार त्यस क्षेत्रमा विद्युत् सेवा गइसकेकाले आयोजनाको इन्भर्टर र ब्याट्रीलगायतका उपकरण परिवर्तन गरी सञ्चालन गरिने र उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन (ग्रिड) मा जोडिनेछ ।

एक सय ३१ परिवार लाभान्वित हुँदै आएको आयोजनाबाट त्यस क्षेत्रमा राति पाँच घण्टा सौर्य विद्युत वितरण हँुदै आएको थियो । प्राविधिकका अनुसार एशियाली विकास बैंकको सहयोगमा आयोजनाको स्तरोन्नति गरेर विद्युत ग्रिडमा जोड्ने गरी काम हुने बताइएको छ ।

यसअघि नवलपरासीको धौवादीमा वायुसौर्य मिश्रित आयोजना निर्माण गरिएको थियो । हेटौँडादेखि पूर्वी क्षेत्रमा पर्ने बागमतीको भोर्लेनीमा साँझपख निरन्तर हावा चल्ने भएकाले अनुसन्धानपछि त्यहाँ उक्त आयोजना निर्माण गरिएको समितिका अध्यक्ष घलानले भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा विमान दुर्घटना : पहिचान नभएका शवकाे डिएनए टेस्टका लागि काठमाडौं पठाइने
पोखरा विमान दुर्घटना : पहिचान नभएका शवकाे डिएनए टेस्टका लागि काठमाडौं पठाइने
हङकङबिरुद्धको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा
खाडी मुलुकबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने
खाडी मुलुकबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने
नेपाली सेनाको अदालतले १८७ जनालाई गर्यो जेलदेखि घटुवासम्मको यस्तो कार्वाही
चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय
चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय
अमेरिकन आइडलः हलिउडमा गुञ्जिए दिवेश पोखरेल, तीनैजना जजले भने – ‘वान्स मोर…’
अमेरिकन आइडलः हलिउडमा गुञ्जिए दिवेश पोखरेल, तीनैजना जजले भने – ‘वान्स मोर…’
एकाअर्कालाई व्यंग्य गर्दै मन्चमै दीपाश्री र माग्नेबुढाको झगडा (हेर्नुस भिडियो)
एकाअर्कालाई व्यंग्य गर्दै मन्चमै दीपाश्री र माग्नेबुढाको झगडा (हेर्नुस भिडियो)
कहाँ अड्कियाे नेकपाकाे एकता प्रक्रिया ?
कहाँ अड्कियाे नेकपाकाे एकता प्रक्रिया ?
‘एक स्थानिय तह एक लघुउद्यम’: मुख्यमन्त्री शाही
‘एक स्थानिय तह एक लघुउद्यम’: मुख्यमन्त्री शाही
संसदको भूमिका प्रभावकारी बन्न सरकार पनि उत्तरदायी हुनुपर्छः सभामुख घिमिरे
संसदको भूमिका प्रभावकारी बन्न सरकार पनि उत्तरदायी हुनुपर्छः सभामुख घिमिरे