विघटित एमाले र माओवादीका आज सूचना पार्टीहरु झिकिंदै
सारांश
- काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीको घोषणापछि एमाले र माओवादी स्वतः विघटन भएका छन् ।
- विघटन भएका पार्टीका कार्यालयमा रहेका बोर्ड, सूचना पार्टी लगायतका आज झिकिने भएको छ ।
- नवगठित पार्टीको केन्द्रीय कार्यालय हाल धूम्रबाराहीमा रहने भएको छ ।
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीको घोषणापछि एमाले र माओवादी स्वतः विघटन भएका छन् । विघटन भएका पार्टीका कार्यालयमा रहेका बोर्ड, सूचना पार्टी लगायतका आज झिकिने भएको छ ।
नवगठित पार्टीको केन्द्रीय कार्यालय हाल धूम्रबाराहीमा रहने भएको छ । पार्टीका जनसङ्गठन र जनसम्पर्कका कामहरु भने पेरिसडाँडा रहने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।
धूम्रबाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा एमाले को अस्थायी र पेरिसडाँडामा नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय थिए ।
शुक्रबार विघटित पार्टीका सूचनापाटीहरु झिकिने बताइएको छ ।
निर्वाचन आयोगमा बिहिबार दर्ता भएको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र दर्ता नं पाँच हजार ६६६ रहेको कार्यालय सचिव श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया