नुवाकोटमा कारबाहीमाथिको कारबाही सुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
नुवाकोटमा कारबाहीमाथिको कारबाही सुरु

सारांश

  • काठमाडौं ।
  • अगामी मंसिरमा हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई प्रतिकुल प्रभाव पार्ने र पार्टीको विधि विधान विपरित उच्छृङ्खल क्रियाकलाप गर्दै हिड्को भन्दै नुवाकोट जिल्ला पार्टी सचिव सुरेन्द्रराज अधिकारी, स्थानिय निकायको निर्वाचनमा विदुरनगरको प्रमुख प्रत्यासी उम्मेद्वार ध्रुव प्रसाद अधिकारी, तारकेश्वर गाउँपालिका प्रमुखका प्रत्यासी उम्मेद्वार चोकराज शाक्य र उपप्रमुख प्रत्यासी सुनमाया तामाङलाई हदैसम्मको कारवाहीको माग गर्दै आज पार्टी मुख्यालय सानेपामा उजुरी दर्ता गराएका छन् ।
  • पार्टी सभापति र केन्द्रीय अनुशासन समिति संयोजकलाई सम्बोधन गर्दै नुवाकोट सचिव, विदुर नगरपालिकाका प्रमुख प्रत्यासी उम्मेद्वार, तारकेश्वर गाउँपालिकाका प्रमुख, उपप्रमुखलाई कारवाहीको माग गर्नेहरुमा शेर बहादुर घले सह–संयोजक विदुर नगर समिति, गोविन्द लाल चित्रकार सह–संयोजक विदुर नगर समिति, बसन्त जंग ठकुरी सह–संयोजक विदुर नगर समिति, सोम प्रसाद पाण्डे विदुर न.

काठमाडौं । अगामी मंसिरमा हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई प्रतिकुल प्रभाव पार्ने र पार्टीको विधि विधान विपरित उच्छृङ्खल क्रियाकलाप गर्दै हिड्को भन्दै नुवाकोट जिल्ला पार्टी सचिव सुरेन्द्रराज अधिकारी, स्थानिय निकायको निर्वाचनमा विदुरनगरको प्रमुख प्रत्यासी उम्मेद्वार ध्रुव प्रसाद अधिकारी, तारकेश्वर गाउँपालिका प्रमुखका प्रत्यासी उम्मेद्वार चोकराज शाक्य र उपप्रमुख प्रत्यासी सुनमाया तामाङलाई हदैसम्मको कारवाहीको माग गर्दै आज पार्टी मुख्यालय सानेपामा उजुरी दर्ता गराएका छन् ।

पार्टी सभापति र केन्द्रीय अनुशासन समिति संयोजकलाई सम्बोधन गर्दै नुवाकोट सचिव, विदुर नगरपालिकाका प्रमुख प्रत्यासी उम्मेद्वार, तारकेश्वर गाउँपालिकाका प्रमुख, उपप्रमुखलाई कारवाहीको माग गर्नेहरुमा शेर बहादुर घले सह–संयोजक विदुर नगर समिति, गोविन्द लाल चित्रकार सह–संयोजक विदुर नगर समिति, बसन्त जंग ठकुरी सह–संयोजक विदुर नगर समिति, सोम प्रसाद पाण्डे विदुर न.पा. वडा नं. १ ईकाई संयोजक, मुकुन्द प्रसाद अधिकारी विदुर वडा नं. ४ सभापति, विन्दा अर्याल जिल्ला कार्यसमिति सदस्य, वासु देव सापकोटा जिल्ला कार्यसमिति सदस्य, विष्णु आचार्य पूर्वमहासचिव सदस्य, शेखर गजुरल विदुर नगर सचिव, मोहन बहादुर खड्का पूर्व महासमिति सदस्य, शिव प्रसाद गुजुरेल पूर्व नगर प्रमुख उम्मेद्वार तथा नेपाली कांग्रेस नेता, राजु पण्डित पूर्व क्षेत्रिय सचिव, ओम प्रकाश श्रेष्ठ सक्रिय सदस्य, शैलेश शिलवाल सक्रिय सदस्य, भैरव अर्याल सक्रिय सदस्य, रुपा अर्याल पूर्व जिल्ला कार्यसमिति सदस्य, होम बहादुर तामाङ तारकेश्वर गाउँपालिका संयोजक, बसन्त राज केही विदुर नगरपालिका ९ नेपाली कांग्रेस नेता, मन्जु प्रधान नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधि, शिव अधिकारी पूर्व जिल्ला कमिटि आमन्त्रित सदस्य, मान बहादुर तामाङ सहसंयोजक तारकेश्वर गाउँपालिका, मधु प्रसाद अधिकारी, सक्रिय सदस्य, रामशरण बोगटी सक्रिय सदस्य, सन्तलाल तामाङ एकाई सचिव दाङसिङ र प्रेम बहादुर तामाङ सक्रिय सदस्य विदुर नगरपालिका १० रहेका छन् ।

गत स्थानीय तहको निर्वाचन पश्चात आफुहरु पराजित भई सकेपछि पार्टीका जिम्मेवार तथा बफादार कार्यकर्ता माथि विभिन्न लाञ्छना तथा चरित्र हत्या गर्ने नियतले गुट उपगुट बनाई संगठनलाई नै कमजोर बनाउन उद्दत रहेकोले निजहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्काशन गरियोस भनि निवेदनमा उल्लेख गरिएको छ ।

पार्टी सचिवको गैर जिम्मेवारीपन र प्रत्यासी उम्मेद्वारहरुको अलोकप्रियताका कारण निर्वाचनमा पराजित हुनु परेको यर्थाथ हो । आगामी दिनमा पार्टीलाई उर्जा दिएर पार्टी संगठनलाई बलियो बनाउन लाग्नु पर्नेमा विभिन्न व्यापारीक सम्बन्धलाई जोड्दै आफु अनुकुलको राजनीति गर्दै हिड्ने अनि स्वाभिमानी नेता कार्यकर्तालाई दोष दिने र निषेधको राजनीति गर्न खोजिनु यो पार्टीको लागि घातक नै हो भन्ने उनिहरुको निष्कर्ष रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपब्धिमूलक हुनुपर्छ : राष्ट्रपति भण्डारी
गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपब्धिमूलक हुनुपर्छ : राष्ट्रपति भण्डारी
ईयूको प्रतिवेदनप्रति रवीन्द्र मिश्रको कडा टिप्पणी, ‘पश्चिमा राष्ट्र विष चुहाउँदै हिँडेका छन्’
ईयूको प्रतिवेदनप्रति रवीन्द्र मिश्रको कडा टिप्पणी, ‘पश्चिमा राष्ट्र विष चुहाउँदै हिँडेका छन्’
त्रिभूवन विमानस्थल जाँदै चिनियाँ राष्ट्रपति
त्रिभूवन विमानस्थल जाँदै चिनियाँ राष्ट्रपति
फर्पिङबाट आउँदै गरेको बस दुर्घटनामा २४ घाइते
फर्पिङबाट आउँदै गरेको बस दुर्घटनामा २४ घाइते
के पूजाले २० लाख पारिश्रमिकमा नयाँ फिल्म गर्न लागेकी हुन् ?
के पूजाले २० लाख पारिश्रमिकमा नयाँ फिल्म गर्न लागेकी हुन् ?
सरकारलाई सांसद श्रेष्ठको प्रश्न : जिबी राईलाई प्रचण्ड र रविले गिरफ्तार गर्न नदिएको हो?
सरकारलाई सांसद श्रेष्ठको प्रश्न : जिबी राईलाई प्रचण्ड र रविले गिरफ्तार गर्न नदिएको हो?
मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै
मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै
नेदरल्याण्डसको युरोकपमा विजयी शुरुवात
नेदरल्याण्डसको युरोकपमा विजयी शुरुवात
अमेरिकन आइडलमा दिवेश दोस्रो, जस्ट साम बनिन विजेता
पाँच दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
पाँच दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

तपाईंले छुटाउनुभयो कि?