विवादको भुमरीमा राप्ती विज्ञान प्रतिष्ठान : संसदीय समितिको हस्तक्षेप

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २४, २०७५
|
|
४५ पटक हेरिएको
Shares
विवादको भुमरीमा राप्ती विज्ञान प्रतिष्ठान : संसदीय समितिको हस्तक्षेप

सारांश

  • माघ २४, काठमाण्डौ ।
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय अस्तव्यस्त छ ।
  • प्रतिष्ठानका पदाधिकारीहरुले जथाभावी कर्मचारी हटाउने र नयाँ नियुक्त गर्ने काम गरिरहेका छन् ।

माघ २४, काठमाण्डौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय अस्तव्यस्त छ । प्रतिष्ठानका पदाधिकारीहरुले जथाभावी कर्मचारी हटाउने र नयाँ नियुक्त गर्ने काम गरिरहेका छन् । अस्पतालमा कार्यरत चिकित्सकलगायतका कर्मचारीहरु आन्दोलित भएका छन् । समस्या समाधानका लागि संसदीय समितिले उपसमित गठन गरेको छ ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधान हुने गरी स्थलगत अध्ययन गर्न बुधबार उपसमिति गठन गरेको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधान हुने गरी स्थलगत अध्ययन गर्न पाँच सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

खगराज अधिकारी संयोजक रहेको उपसमितिमा अन्जना विशंखे, गजेन्द्रबहादुर महत, एकवाल मियाँ र नमिताकुमारी चौंधरी सदस्य रहेका छन् । उपसमितिलाई आफ्नो पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सो प्रतिष्ठानको समस्या समाधान हुने गरी स्थलगत अध्ययन गरी समितिमा प्रतिवेदन पेश गर्ने कार्यादेश पनि दिइएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जथाभावी कर्मचारी हटाउने, नयाँ नियुक्त गर्ने काम पदाधिकारीबाट भएपछि सो अस्पतालमा कार्यरत चिकित्सकलगायतका कर्मचारीहरु आन्दोलित हुँदा स्वास्थ्य उपचार गर्न आएका विरामीहरु मारमा परेका छन । त्यसैकारण विरामीहरुको उपचार सेवा सूचारु गराउन तथा अस्पतालमा देखिएको अन्य सबै बेथिति हटाउनुपर्ने भएकाले सो प्रतिष्ठानको समस्या अध्ययन गरी समितिमा समाधानका उपायसहितको प्रतिवेदन पेश गर्न उपसमिति बनाउनु परेको हो । बैठकमा समितिका सदस्यहरुले सो प्रतिष्ठानका पदाधिकारीले स्वास्थ्य सेवामा प्रतिकूल प्रभाव हुने गरी जथाभावी निर्णय गरेकाले त्यसलाई रोक्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

समितिका अर्का सदस्य योगेशकुमार भट्टराईले सो प्रतिष्ठानमा पदाधिकारीहरुबाटै कर्मचारीहरुलाई अन्यायमा पर्ने गरी विभिन्न निर्णयहरु गरेको उल्लेख गर्दै सो समस्या समाधानका लागि गम्भिर बन्न सरकारलाई सचेत गराउनु भयो । उहाँले लोक सेवा आयोगलाई समेत जानकारी नगराई कर्मचारी नियुक्ति गर्ने काम पनि सो प्रतिष्ठानबाट भएकाले सो समस्या समाधान गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नु भयो ।

राप्ती अंचलको केन्द्र भागमा रहेको सो प्रतिष्ठानका कर्मचारीहरु आफूहरुमाथि अन्याय भएको भन्दै पदाधिकारीविरुद्ध आन्दोलित भएपछि ६ महिनायता सो प्रतिष्ठानले दिँदै आएको स्वास्थ्य सेवा अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति घोषणा
एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति घोषणा
फेवाताललाई पुरानै स्वरुपमा फर्काउन १ करोड बजेट विनियोजन
फेवाताललाई पुरानै स्वरुपमा फर्काउन १ करोड बजेट विनियोजन
सरकारको विरोध गर्नुको अर्थ छैन : मन्त्री बाँस्कोटा
सरकारको विरोध गर्नुको अर्थ छैन : मन्त्री बाँस्कोटा
चलचित्र पत्रकार संघ दाङको स्थापना दिवसमा मेयरद्वारा कला नगरीको घोषणा
चलचित्र पत्रकार संघ दाङको स्थापना दिवसमा मेयरद्वारा कला नगरीको घोषणा
ओलीले राष्ट्रपतिको कुरा ल्याउनासाथ बैठकमै पड्किए खनाल, माधव नेपाल ‘साईलेन्ट’
ओलीले राष्ट्रपतिको कुरा ल्याउनासाथ बैठकमै पड्किए खनाल, माधव नेपाल ‘साईलेन्ट’
मीनबहादुरवाट पार्टी कार्यालय बनाउने विषयमा एमालेकै नेताहरुको विरोध
मीनबहादुरवाट पार्टी कार्यालय बनाउने विषयमा एमालेकै नेताहरुको विरोध
नेपाली आकाशमा थपिँदै नयाँ हेलिकोप्टरः लगानी विस्तार गर्दै सेवाप्रदायक कम्पनीहरु
नेपाली आकाशमा थपिँदै नयाँ हेलिकोप्टरः लगानी विस्तार गर्दै सेवाप्रदायक कम्पनीहरु
बङ्गलादेशी राष्ट्रपति हमिद चार दिने भ्रमणमा आज काठमाडाैं आउँदै
बङ्गलादेशी राष्ट्रपति हमिद चार दिने भ्रमणमा आज काठमाडाैं आउँदै
कमला न्यौपानेको होली गीत ‘होली रङ्ग होली’ सार्वजनिक (भिडियोसहित)
कमला न्यौपानेको होली गीत ‘होली रङ्ग होली’ सार्वजनिक (भिडियोसहित)
प्रचण्डलाई फकाउँदै एमाले : यस्तो छ सर्त ?
प्रचण्डलाई फकाउँदै एमाले : यस्तो छ सर्त ?