‘विदेशमा रहेका नागरिक मतदानबाट वञ्चित हुनु दुर्भाग्युपूर्ण’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
५३ पटक हेरिएको
Shares
‘विदेशमा रहेका नागरिक मतदानबाट वञ्चित हुनु दुर्भाग्युपूर्ण’

सारांश

  • काठमाडौँ-  वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका नेपाली नागरिकलाई आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदान गर्ने व्यवस्था सरकारले मिलाउन नसक्नु दुर्भाग्यपूर्ण भएको एक कार्यक्रमका वक्ताले बताएका छन्।
  • मानवाधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले आयोजना गरेको ‘राजनीतिक दलहरुका चुनावी घोषणापत्र र आप्रवासी कामदारका सरोकार’ विषयक छलफल कार्यक्रमका सहभागीले विदेशमा रहेका कामदारलाई मतदानको अधिकारको व्यवस्था गर्न आवश्यक प्रक्रिया छिटो गरेर पाँच वर्षपछि हुने निर्वाचनमा उनीहरुको सहभागिता सुनिश्चितता गरिनुपर्ने सुझाव दिए।
  • सबै प्रमुख दलले विगत १० वर्षअघिदेखि नै आफ्नो चुनावी घोषणापत्रमा विदेशमा रहेकालाई मतदानको अधिकार व्यवस्था गरिने लेख्दै आए पनि कार्यान्वयनमा उदासीनता देखाएको कार्यक्रमका सहभागीले बताए।

काठमाडौँ-  वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका नेपाली नागरिकलाई आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदान गर्ने व्यवस्था सरकारले मिलाउन नसक्नु दुर्भाग्यपूर्ण भएको एक कार्यक्रमका वक्ताले बताएका छन्।

मानवाधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले आयोजना गरेको ‘राजनीतिक दलहरुका चुनावी घोषणापत्र र आप्रवासी कामदारका सरोकार’ विषयक छलफल कार्यक्रमका सहभागीले विदेशमा रहेका कामदारलाई मतदानको अधिकारको व्यवस्था गर्न आवश्यक प्रक्रिया छिटो गरेर पाँच वर्षपछि हुने निर्वाचनमा उनीहरुको सहभागिता सुनिश्चितता गरिनुपर्ने सुझाव दिए।

सबै प्रमुख दलले विगत १० वर्षअघिदेखि नै आफ्नो चुनावी घोषणापत्रमा विदेशमा रहेकालाई मतदानको अधिकार व्यवस्था गरिने लेख्दै आए पनि कार्यान्वयनमा उदासीनता देखाएको कार्यक्रमका सहभागीले बताए।

नेपाली काँग्रेसका प्रतिनिधि सीताराम खत्रीले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित राख्ने विषयमा केन्द्रित रही आफ्नो पार्टीले घोषणापत्रमार्फत विभिन्न कार्यक्रम सार्वजनिक गरेको बताए।

नेकपा (एमाले)का प्रतिनिधि वीरबलकाजी राईले वैदेशिक रोजगारीमा रहेका कामदारको हकहितलाई संरक्षण गर्दै स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्नेमा आफ्नो पार्टीले घोषणापत्रमा जोड दिएको जानकारी दिए।

राष्ट्रिय जनमोर्चाका प्रतिनिधि हिमलाल पुरीले पहिलो चरणमा नेपालीको संख्या अधिक रहेका केही देशबाट शुरु गरेर क्रमशः अन्य देशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न सकिने बताए।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रवासी नेपाली समन्वय समितिका महासचिव सोमप्रसाद लामिछानेले दलहरुले आप्रवासी कामदारका विषयमा घोषणापत्रमा लेखेका विषय लेखनमा मात्रै सीमित हुने गरेको टिप्पणी गरे।

पिपुल फोरमका सल्लाहकार सोमप्रसाद लुइँटेलले विश्वका ११५ मुलुकले आप्रवासी कामदारलाई मतदानको व्यवस्था मिलाएको जानकारी दिँदै नेपालले पनि विदेशस्थित नेपाली नियोगमा मतदान गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऐतिहासिक पुस्तकालय सर्वोदयमा प्रदेश सरकारले गर्यो ५० लाख बजेट विनियोजन
ऐतिहासिक पुस्तकालय सर्वोदयमा प्रदेश सरकारले गर्यो ५० लाख बजेट विनियोजन
शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह तयारी
शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह तयारी
विश्वकप फुटबल: १९९४ अमेरिका देखी २०१४ ब्राजिल सम्म यस्ताे छ इतिहास !
विश्वकप फुटबल: १९९४ अमेरिका देखी २०१४ ब्राजिल सम्म यस्ताे छ इतिहास !
राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने
राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने
ठगिएका सहकारीपीडितलाई सम्पर्कमा आउन अनुरोध
ठगिएका सहकारीपीडितलाई सम्पर्कमा आउन अनुरोध
नेपाली महिलाको उदाहरण पेश गर्दै राष्ट्रपति भण्डारी
नेपाली महिलाको उदाहरण पेश गर्दै राष्ट्रपति भण्डारी
कोरोना संक्रमणबाट आज थप २४ जनाको मृत्यु
कोरोना संक्रमणबाट आज थप २४ जनाको मृत्यु
बैंकको रकम हिनामिना गरेको आरोपमा दुईजना कर्मचारी पक्राउ
बैंकको रकम हिनामिना गरेको आरोपमा दुईजना कर्मचारी पक्राउ
न्यूरोडबाट बरामद भएको सुन सात किलोग्रामभन्दा बढी
न्यूरोडबाट बरामद भएको सुन सात किलोग्रामभन्दा बढी
इजाजत बिना सवारी साधान चलाउनेमाथि यातायात व्यवस्था कार्यालयको निगरानी
इजाजत बिना सवारी साधान चलाउनेमाथि यातायात व्यवस्था कार्यालयको निगरानी