विदेशी मुद्राको विनिमयदरः कुन घट्यो कुन बढ्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ४, २०८१
|
|
२० पटक हेरिएको
Shares
विदेशी मुद्राको विनिमयदरः कुन घट्यो कुन बढ्यो

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
  • केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको छ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको छ। बहराइन दिनार, कुवेती दिनार र कतारी रियालको पनि मूल्य घटेको छ।

विवरणअनुसार, सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा रहेको थियो। आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ।

सोमबार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा थियो। युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९६ पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ।

सोमबार पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७० रुपैयाँ चार पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ८० पैसा रहेको थियो। आजका लागि पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ७२ पैसा निर्धारण भएको छ।

केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७६ पैसा, बिक्रीदर एक सय ५२ रुपैयाँ ४४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा, बिक्रीदर ८७ रुपैयाँ २८ पैसा निर्धारण भएको जनाएको छ।

क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५७ पैसा, बिक्री दर ९६ रुपैयाँ, सिंगापुर डलर एकको खरिद दर एक सय रुपैयाँ १६ पैसा, बिक्रीदर एक सय रुपैयाँ ६१ पैसा बराबर रहनेगरी विनिमयदर तय गरिएको छ। यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ६९ पैसा, बिक्रीदर आठ रुपैयाँ ७३ पैसा तय भएको छ।

चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा, बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा, बिक्रीदर ३६ रुपैयाँ पाँच पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९४ पैसा, बिक्रीदर ३७ रुपैयाँ १० पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ।

यस्तै थाईभाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा, बिक्रीदर तीन रुपैयाँ ८८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा, बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ सात पैसा, बिक्रीदर ३० रुपैयाँ २० पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ।

स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २३ पैसा, बिक्रीदर १२ रुपैयाँ २९ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ तीन पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३८ पैसा तय गरेको छ।

यस्तै कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८१ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४० पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जहाँ एउटा रुखले बनाइदियो सबैलाई अन्धो : रहस्यमयी गाउँ
जहाँ एउटा रुखले बनाइदियो सबैलाई अन्धो : रहस्यमयी गाउँ
युएईले नेपालाई जितको लागि १८२ रनको लक्ष्य दियो
युएईले नेपालाई जितको लागि १८२ रनको लक्ष्य दियो
आमा–बुवालाई दिने सुविधाका विषयमा सांसदबीच मतभेद
आमा–बुवालाई दिने सुविधाका विषयमा सांसदबीच मतभेद
“क्षेत्रीयस्तरको पार्टीसँग तालमेल गर्ने राष्ट्रियस्तरको पार्टी समेत देशद्रोही हाे “- केपी शर्मा ओली
“क्षेत्रीयस्तरको पार्टीसँग तालमेल गर्ने राष्ट्रियस्तरको पार्टी समेत देशद्रोही हाे “- केपी शर्मा ओली
चुनावका बेला गगन थापा र लालबाबुजस्ता नेताविरुद्ध किन गरिन्छ षडयन्त्र ?
चुनावका बेला गगन थापा र लालबाबुजस्ता नेताविरुद्ध किन गरिन्छ षडयन्त्र ?
यी ८ कारणले सलमान खान र ऐश्वर्य रायको ब्रेक–अप भएको थियो ।
यी ८ कारणले सलमान खान र ऐश्वर्य रायको ब्रेक–अप भएको थियो ।
वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्
वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्
एकल लोक गायन प्रतियोगिता आयोजना हुने, यस्तो छ तयारी
एकल लोक गायन प्रतियोगिता आयोजना हुने, यस्तो छ तयारी
सपना ज्युँदा मान्छेले देख्छन्, यो सरकार पनि ज्युँदो सरकार हो : योगेश भट्टराई
सपना ज्युँदा मान्छेले देख्छन्, यो सरकार पनि ज्युँदो सरकार हो : योगेश भट्टराई
वाइसिएलको कार्यकर्तालाई निर्देशन : अब काँग्रेस र राप्रपाका नेताहरुविरुद्ध मुद्दा हाल !
वाइसिएलको कार्यकर्तालाई निर्देशन : अब काँग्रेस र राप्रपाका नेताहरुविरुद्ध मुद्दा हाल !

तपाईंले छुटाउनुभयो कि?