विद्युत् चुहावट गर्ने २४ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २७, २०७४
|
|
१९ पटक हेरिएको
Shares
विद्युत् चुहावट गर्ने २४ जना पक्राउ

सारांश

  • लहान, २७ असोज  हुकिङ गरी विद्युत् चुहावट गर्ने करिब दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ ।
  • विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले दुई दिनको अवधिमा लहान नगरपालिकासहित जिल्लाका विभिन्न स्थानबाट २४ जनालाई पक्राउ गरेको हो ।
  • विद्युत् चुहावट नियन्त्रणका लागि अनुगमन निरीक्षणका क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा जिल्लाको महदेवा पोर्ताहा, मलहनमा, बेताहा, मिर्जापुर, छरापटी, मोतीपुरलगायतका स्थानबाट २४ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको विद्युत् प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिनुभयो ।

लहान, २७ असोज  हुकिङ गरी विद्युत् चुहावट गर्ने करिब दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले दुई दिनको अवधिमा लहान नगरपालिकासहित जिल्लाका विभिन्न स्थानबाट २४ जनालाई पक्राउ गरेको हो ।

विद्युत् चुहावट नियन्त्रणका लागि अनुगमन निरीक्षणका क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा जिल्लाको महदेवा पोर्ताहा, मलहनमा, बेताहा, मिर्जापुर, छरापटी, मोतीपुरलगायतका स्थानबाट २४ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको विद्युत् प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिनुभयो ।

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारबाही गरिएको प्रमुख यादवले बताउनुभयो । उहाँका अनुसार सो क्रममा विद्युत् मिटर २६ थान, चार थान पंखा र दुई थान टिभीसमेत बरामद गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?