ओली र भारतीय राजदुतको सम्बन्ध यसरी छल्कियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
२२ पटक हेरिएको
Shares
ओली र भारतीय राजदुतको सम्बन्ध यसरी छल्कियो

सारांश

  • काठमाडौँ, १४ माघ ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीवीच पछिल्लो समय अत्यन्तै घनिष्ठ सम्बन्ध देखिएको छ ।
  • नेपालमा निर्वाचन सम्पन्न भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रमुख दलका नेताहरुलाई फोन गरेर बधाई दिएका थिए ।

काठमाडौँ, १४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीवीच पछिल्लो समय अत्यन्तै घनिष्ठ सम्बन्ध देखिएको छ ।

नेपालमा निर्वाचन सम्पन्न भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रमुख दलका नेताहरुलाई फोन गरेर बधाई दिएका थिए । त्यसको एक महिना पनि नबित्दै मोदीले एमाले अध्यक्ष ओलीलाई दोहोर्याएर फोन गर । फोनमा विशेष कुराकानी भएको थियो ।

मोदी र ओलीवीचको फोन सम्बाद गराउन राजदुत परीकै ठूलो हात छ । उनले नै पहलकदमी लिएका थिए । ओली र पुरीवीच लगातार भेटवार्ता भैरहेको छ । २६ जनवरीको दिन नेपालस्थित् भारतीय दुतावासले आयोजना गरेको विशेष समारोहमा ओलीलाई निम्तो दिन राजदुत बालकोट पुगेका थिए । तर, उनी आएनन् । विशेष कारणले उनी पोखराको एक कार्यक्रममा सहभागी हुन गएका थिए ।

तर हिजो साँझ भारतीय राजदूतावासको कार्यक्रममा भने ओली अत्यन्तै हर्षित मुद्रामा उपस्थिति भए । शुक्रबारको कार्यक्रममा सहभागी नभएका ओली शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि भएको कार्यक्रममा सहभागी भएका हुन् ।

भारतको ६९ औँ गणतन्त्र दिवसका अवसरमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । नेपालका लागि भारतीय दूतावास, काठमाडौँ र इन्डियन कल्चरल सेन्टरद्वारा यहाँ शनिबार आयोजित सो समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् ।

समारोहमा नेकपा (एमोल) का अध्यक्ष केपी शर्मा ओली, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुखलगायतको उपस्थिति थियो । कार्यक्रममा भारतीय कलाकारले हिन्दी र नेपाली गीत प्रस्तुत गरेका थिए । ओलीलाई स्वागत गरिरहेका बेला राजदुत पुरी निकै खुशी भएका थिए । ओलीले अघिल्लो दिनको कार्यक्रममा सहभागी हुन नपाएको बारे यसअघि नै सन्देश प्रवाह गरिसकेका थिए । तर, हिजो भेटेर नै राजदुतसँग उनले कुरा गर्न भ्याए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधवको योजनामा झलनाथ तगारो
माधवको योजनामा झलनाथ तगारो
आज क्रिसमस, विश्वभर मनाइदै, नेपालमा पनि रौनक
आज क्रिसमस, विश्वभर मनाइदै, नेपालमा पनि रौनक
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने
मध्य–पूर्वमा पुटिनले अमेरिकालाई कसरी पछाडि धकेले?
मध्य–पूर्वमा पुटिनले अमेरिकालाई कसरी पछाडि धकेले?
प्राइमलाइफ र मुक्तिनाथ विकास बैंकबिच बैंकासोरेन्स सम्झौता
प्राइमलाइफ र मुक्तिनाथ विकास बैंकबिच बैंकासोरेन्स सम्झौता
राप्रपा निकट विधार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्वि तत्काल फिर्ता गर्न माग
राप्रपा निकट विधार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्वि तत्काल फिर्ता गर्न माग
एमसीसी सम्झौता कार्यान्वयनको तयारीः एमसीसी उपाध्यक्ष एलफोर्ड नेपालमा
एमसीसी सम्झौता कार्यान्वयनको तयारीः एमसीसी उपाध्यक्ष एलफोर्ड नेपालमा
सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणका लागि सडक बिभागले परामर्शदाताको रुपमा जापानी कम्पनी रोज्यो
सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणका लागि सडक बिभागले परामर्शदाताको रुपमा जापानी कम्पनी रोज्यो
न्यायिक समितिमा एक वर्षमा १२५ वटा मुद्धा दर्ता
न्यायिक समितिमा एक वर्षमा १२५ वटा मुद्धा दर्ता
उत्तेजना फैलाउने र संवैधानिक आयोगको मानमर्दन गरिएकोमा निर्वाचन आयोगको आपत्ति
उत्तेजना फैलाउने र संवैधानिक आयोगको मानमर्दन गरिएकोमा निर्वाचन आयोगको आपत्ति

तपाईंले छुटाउनुभयो कि?