ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २७, २०७४
|
|
५९ पटक हेरिएको
Shares
ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम

सारांश

  • पोखरा, २७ भदौ ।
  • स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिकाभित्र रहेका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम शुरु गरेको छ ।
  • साठी वर्षभन्दा माथिका नागरिकका घरघरमा पुगेर गरिने स्वास्थ्य स्याहार कार्यक्रमको गाउँपालिकाको बडाचौरका १०२ वर्षीय मनध्वज थापाको स्वास्थ्य परीक्षणबाट शुरु गरिएको हो ।

पोखरा, २७ भदौ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिकाभित्र रहेका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम शुरु गरेको छ ।

साठी वर्षभन्दा माथिका नागरिकका घरघरमा पुगेर गरिने स्वास्थ्य स्याहार कार्यक्रमको गाउँपालिकाको बडाचौरका १०२ वर्षीय मनध्वज थापाको स्वास्थ्य परीक्षणबाट शुरु गरिएको हो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा अमृत पोख्रेलले थापाको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । पाँच दिनसम्म गाउँपालिकाका सबै वडामा विभिन्न स्वास्थ्यविज्ञको १२ समूह बनाएर परिचालन गरिने गाउँपालिकाका प्रमुख घनश्याम सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमका लागि गाउँपालिकाका सात स्वास्थ्य केन्द्रबाट २३ स्वास्थ्यकर्मी, ३६ महिला स्वास्थ्य स्वयंसेवी, २९ प्रतिनिधि र पाँच विषयगत कार्यालयका गरेर ९३ जना जनशक्ति परिचालन गरिएको छ ।

स्वास्थ्य परीक्षण गरिसकेपछि दुई दुई महिनामा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने तथा अस्पताल जान नसकेकाहरुलाई स्वास्थ्य शिविरमा उपचार गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा ६० वर्ष उमेर पुगेका एक हजार ७११ जना छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाइलटले त्यही जहाज सोमबार क्यानडाबाट बंगलादेश ल्याएका थिए, दुर्घटनाले उब्जाएका सात प्रश्न
प्रचण्डलार्इ फकाउन खुमलटार पुगे अोलीः गोप्य वार्ता जारी
प्रचण्डलार्इ फकाउन खुमलटार पुगे अोलीः गोप्य वार्ता जारी
मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु अर्का गम्भीर घाइते
Breaking गोविन्द केसी पक्राउ
Breaking गोविन्द केसी पक्राउ
विजय पछि सुवालले भन्नुभयो–नेमकिपाको विजय पूर्वबाट घाम उदाए जस्तै हो
विजय पछि सुवालले भन्नुभयो–नेमकिपाको विजय पूर्वबाट घाम उदाए जस्तै हो
एसियन गेम्सः अाशा गरिएका खेलमा पनि नेपाल पदकविहिन !
एसियन गेम्सः अाशा गरिएका खेलमा पनि नेपाल पदकविहिन !
‘समग्र विकासका लागि तिनै तहमा कम्युनिष्ट सरकार आवश्यक छ’– नेता पोखरेल
‘समग्र विकासका लागि तिनै तहमा कम्युनिष्ट सरकार आवश्यक छ’– नेता पोखरेल
कुन देशको विदेशी मुद्राको विनिमय दर कति ? हेर्नुहोस्
कुन देशको विदेशी मुद्राको विनिमय दर कति ? हेर्नुहोस्
बाबुराम उपेन्द्र द्वन्द उत्कर्षमा, पार्टी फुट्न सक्ने
बाबुराम उपेन्द्र द्वन्द उत्कर्षमा, पार्टी फुट्न सक्ने
नेकपाले तल्ला कमिटी एकीकरणको लागि नाम र संख्या टुंगाउँदै
नेकपाले तल्ला कमिटी एकीकरणको लागि नाम र संख्या टुंगाउँदै