पशुपालक किसानलाई साढे छ करोड अनुदान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २०, २०७६
|
|
३३ पटक हेरिएको
Shares
पशुपालक किसानलाई साढे छ करोड अनुदान

सारांश

  • प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशुपालक किसानलाई गत एक वर्षमा रु छ करोड ५२ लाख अनुदान दिएको छ ।
  • पशुपालन व्यवसायको प्रवद्र्धन र विकासका लागि मन्त्रालयले दूध उत्पादक किसानलाई अनुदान, बधशाला निर्माण, दाना उद्योग सञ्चालन आदिका लागि रु छ करोड ५२ लाख वितरण गरेको हो ।
  • मन्त्रालयले दूधमा अनुदानस्वरुप प्रतिलिटर २५ पैसाको दरले सात वटा जिल्लाको १४९ सहकारीमा रु एक करोड ५० लाख वितरण गरेको छ ।

प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशुपालक किसानलाई गत एक वर्षमा रु छ करोड ५२ लाख अनुदान दिएको छ । पशुपालन व्यवसायको प्रवद्र्धन र विकासका लागि मन्त्रालयले दूध उत्पादक किसानलाई अनुदान, बधशाला निर्माण, दाना उद्योग सञ्चालन आदिका लागि रु छ करोड ५२ लाख वितरण गरेको हो ।मन्त्रालयले दूधमा अनुदानस्वरुप प्रतिलिटर २५ पैसाको दरले सात वटा जिल्लाको १४९ सहकारीमा रु एक करोड ५० लाख वितरण गरेको छ । यसअघि प्रतिलिटर रु एक वितरण गर्ने भनेकोमा रकम अभावका कारण हाललाई २५ पैसाका दरले मात्रै वितरण गरिएको जनाइएको छ ।

अनुदान पाउने सहकारीमा चितवनको ७४, मकवानपुरको २२, दोलखाको दुई, काभ्रेको २२ र ललितपुरको २२, धादिङ र नुवाकोटको एक÷एक वटा सहकारी छन् । मन्त्रालयले विभिन्न जिल्लामा दाना उद्योग सञ्चालनको लागि रु एक करोड ६५ लाख ५४ हजार वितरण गरेको मन्त्रालयका पशु विकास शाखा अधिकृत डाक्टर सविना मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले चितवन, मकवानपुर र दोलखामा दाना उद्योग सञ्चालनमा ल्याउन लागेको छ ।

त्यस्तै मन्त्रालयले चितवन, ललितपुर र मकवानपुरमा तीनवटा पशु बधशाला निर्माणको लागि रु एक करोड ५० लाख दिएको छ । मन्त्रालयले चितवन र धादिङमा तीन÷तीन, सिन्धुली र दोलखामा एक÷एक र ललितपुरमा पाँचवटा साना ‘पशु बधस्थल’ निर्माणका लागि रु ८६ लाख ७६ हजार अनुदान रकम वितरण गरेको छ । तीनवटा जिल्लामा ‘चिलिङ भ्याट’ को लागि एक करोड ५० लाख बजेट वितरण गरेको मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयले रु ९८ लाख २७ हजारको लागतमा २० वटा ‘मिल्क एनलाइज’ खरीद गरी प्रदेशका विभिन्न पाँचवटा जिल्लालाई प्रदान गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केशोर र बयरको माग बढ्दै
केशोर र बयरको माग बढ्दै
ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप ५ दिन थुनामा राख्न आदेश
ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप ५ दिन थुनामा राख्न आदेश
अल्लोले फेरिएको पुनको जीवन
अल्लोले फेरिएको पुनको जीवन
२५८५ मत गणना गर्न बाँकी रहँदा चण्डेश्वर श्रेष्ठ ७० मतले अगाडि
२५८५ मत गणना गर्न बाँकी रहँदा चण्डेश्वर श्रेष्ठ ७० मतले अगाडि
नेपाली आकाशमा थपिँदै नयाँ हेलिकोप्टरः लगानी विस्तार गर्दै सेवाप्रदायक कम्पनीहरु
नेपाली आकाशमा थपिँदै नयाँ हेलिकोप्टरः लगानी विस्तार गर्दै सेवाप्रदायक कम्पनीहरु
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहुन्छ : अध्यक्ष ओली
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहुन्छ : अध्यक्ष ओली
प्रचण्डलाई भेट्ने हो ? अब यस्तो आयो प्रचण्डलाई भेट्ने सजिलो तरिका
प्रचण्डलाई भेट्ने हो ? अब यस्तो आयो प्रचण्डलाई भेट्ने सजिलो तरिका
‘कार्यालयमा मेरो होइन, आफ्ना छोराछोरीको तस्वीर राख्नुहोस्, निर्णयगर्दा उनीहरुको अनुहार सम्झिनुहोस,
‘कार्यालयमा मेरो होइन, आफ्ना छोराछोरीको तस्वीर राख्नुहोस्, निर्णयगर्दा उनीहरुको अनुहार सम्झिनुहोस,
ट्याक्टर दुर्घटना हुँदा लामा कन्ट्रसन प्रा.लीका स्टोरकिपरको मृत्यु
ट्याक्टर दुर्घटना हुँदा लामा कन्ट्रसन प्रा.लीका स्टोरकिपरको मृत्यु
भोलिदेखि श्रीस्वस्थानी व्रतकथा शुरु हुने
भोलिदेखि श्रीस्वस्थानी व्रतकथा शुरु हुने

तपाईंले छुटाउनुभयो कि?