विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
२० पटक हेरिएको
Shares
विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट

सारांश

  • मोरङ, २७ साउन ।
  •  विराटनगर महानगरपालिका मेयरको कार्यकक्ष नजिकै कुकर बम विस्फोट भएको छ ।
  • आइतबार दिउँसो २ बजे महानगरका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट भएको हो ।

मोरङ, २७ साउन । विराटनगर महानगरपालिका मेयरको कार्यकक्ष नजिकै कुकर बम विस्फोट भएको छ । आइतबार दिउँसो २ बजे महानगरका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट भएको हो । मेयरको कार्यकक्षबाट प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष जाने प्यासेजमा बम विस्फोट भएको बताइएको छ ।

बम विस्फोटले कुनै मानविय क्षति नभएपनि मेयरको को १ झ ४९४ नम्बरको गाडीमा क्षति पुगेको छ । त्यस्तै कार्यालयको झ्यालका सिसा र दराजमा पनि क्षति पुगेको छ । विस्फोटपछि भाग दौडका क्रममा कार्यालय साहायक शिवचन्द्र ठाकुर बेहोस् भएकाले कोशी अञ्चल अस्पतालमा उपचार भइराखेको छ ।बम विस्फोटपछि कार्यालयको काम भने ठप्प भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?