मन्सुरीले लगाए आरोप : ‘निर्दोषलाई फसाउने प्रहरी-प्रपञ्च’

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
मन्सुरीले लगाए आरोप : ‘निर्दोषलाई फसाउने प्रहरी-प्रपञ्च’

सारांश

  • काठमाडौं, पुस १६ ।
  •  पर्सा प्रहरीले निर्दोषलाई फसाएर दोषीलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको आरोप लगाइएको छ ।
  • एक पीडित परिवारले आइतबार वीरगञ्जमा पत्रकार सम्मेलन गरी घटनामा संलग्न नै नरहेकालाई प्रहरीले फसाउन खोजेको र पीडामा परेकालाई उल्टै धम्की दिएर गैरजिम्मेवारी प्रदर्शन गरेको आरोप लगायो ।

काठमाडौं, पुस १६ । पर्सा प्रहरीले निर्दोषलाई फसाएर दोषीलाई उन्मुक्ति दिन षड्यन्त्र गरेको आरोप लगाइएको छ । एक पीडित परिवारले आइतबार वीरगञ्जमा पत्रकार सम्मेलन गरी घटनामा संलग्न नै नरहेकालाई प्रहरीले फसाउन खोजेको र पीडामा परेकालाई उल्टै धम्की दिएर गैरजिम्मेवारी प्रदर्शन गरेको आरोप लगायो ।

आफूलाई प्रताडित बताउने कुतबुदिन मंसुरीका अनुसार यही पुस ७ गते विहान वीरगंजस्थित ठाकुरराम क्याम्पसमा भएको चक्कु प्रहारको घटनामा वीरगंजमै नभएका उनका छोरालाई प्रहरीले फसाउन खोजेको छ । पत्रकार सम्मेलनमा उनले भने, ‘मेरो छोरो पुस ७ गते वीरगंजबाहिर थियो, घटनामा उसको पनि नाम आउँदा म चकित छु’, मंसुरी थप्छन्– ‘यसबाट मेरो मनमा पर्सा प्रहरी कसैको इसारामा चलेको छ कि भन्ने शंका उब्जाएको छ ।’
क्याम्पसमा भएको घटनामा वीरगंज सवैढवा निवासी बीबीएस प्रथम वर्षमा अध्ययनरत रोशन यादव घाइते भएका थिए । उनको अहिले उपचारपछि अवस्था सामान्य रहेको छ ।

रोशन स्वयंमले समेत घटनामा वीरगंज महानगरपालिका–३ का २० वर्षीय अजरुद्धिन मंसुरीको संलग्नता नरहेको बताइसकेका छन् । तर प्रहरीले भने मंसुरीको समेत नाम राखेर पाँचजना विरुद्ध कारवाही चलाएको छ ।

घटनामा संलग्न रहेकाहरू कसैलाई पनि अझैसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । घटना भएको आजसम्म एक हप्ता बढी भयो, तर प्रहरीले गहिरिएर अनुसन्धान गर्नुको सट्टा घटनालाई तोडमोड गरेर उक्त दिन वीरगंजमै नभएका व्यक्ति समेत घटनामा संलग्न भएको भन्दै मुद्दा दर्ता गर्नुले पर्सा प्रहरी निर्दोषलाई फसाउने र दोषिलाई उन्मुक्ति दिन खोजेको हो कि भन्ने महशुस भएको पत्रकार सम्मेलनमा पीडितका परिवारले आरोप लगाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?