‘कथा काठमाडाैँ’ काे दाेस्राे गित सार्वजनिक
सारांश
- काठमाडाैँ, २७ साउन ।
- संगिता श्रेष्ठ द्वारा लिखित तथा निर्देशित फिल्म ‘कथा काठमाडाै’काे दाेस्राे गित सार्वजनिक भएकाे छ ।
- गत विहिबार सार्वजनिक भएकाे ‘जुन अनि तारा’ बाेलकाे गितलाई धेरैले मन पराएका छन् ।
काठमाडाैँ, २७ साउन । संगिता श्रेष्ठ द्वारा लिखित तथा निर्देशित फिल्म ‘कथा काठमाडाै’काे दाेस्राे गित सार्वजनिक भएकाे छ । गत विहिबार सार्वजनिक भएकाे ‘जुन अनि तारा’ बाेलकाे गितलाई धेरैले मन पराएका छन् । गितलाई ३ दिन भित्र ५ लाख ५० हजार भन्दा बढी पटक हेरिएकाे छ ।
काठमाडाैका विभिन्न पात्रहरुकाे कथालाई समेटेर बनाइएकाे यस फिल्ममा प्रियंका कार्कि, अायुसमान देशराज जाेशी, प्रमाेद अग्रहरी, संजाेग काेइराला, सन्ध्या केसी र प्रेक्षा अधिकारी लगाएतका कलाकार मुख्य भूमिकामा देखिँदैछन् ।

असाेज १२ मा रिलिज हुने याे फिल्मकाे पहिलाे गितले रातका कुरा बढी अश्लिलता देखाइएकाे भन्दै दर्शककाे चर्काे अालाेचना सहनु परेकाे थियाे ।

यस्ताेमा याे गितले दर्शकहरुकाे फिल्म प्रतिकाे दष्टिकाेण नै परिवर्तन गरिदिएकाे छ ।
प्रतिक्रिया