कमल गाउँपालिकाको बजेट रु ३३ करोड

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
३६ पटक हेरिएको
Shares
कमल गाउँपालिकाको बजेट रु ३३ करोड

सारांश

  • बनियानी, झापा, १२ कात्तिक   झापाको कमल गाउँपालिकाले ‘समृद्ध कमल हाम्रो सरोकार’ भन्ने नाराका साथ आर्थिक वर्ष २०७४÷०७५ को बजेट सार्वजनिक गरेको छ ।
  • शनिबार सम्पन्न प्रथम गाउँसभामा गाउँपालिका उपाध्यक्ष बेनु सिवाकाटीले रू ३३ करोड ३३ लाख ७३ हजार ६०० को आयव्यय विवरण सार्वजनिक गर्दै आन्तरिक आयतर्फ रू १० करोड ७९ लाख तथा बाह्यतर्फ रू ३२ करोड २५ लाख ८३ हजार ६०० को बजेट विनियोजन गरिएको बताउनुभयो ।
  • गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले प्रस्तुत नीति तथा कार्यक्रममा गाउँपालिकाको भौतिक संरचना निर्माण, सडक विस्तार तथा कल्भर्ट निर्माण, खानेपानी तथा ढल निकासको समुचित व्यवस्थापन, शिक्षा, स्वस्थ्य, कृषि, पशुपालन, सहकारी, बजार विस्तार, ग्रामीण विद्युतीकरण, उद्योग कलकारखाना स्थापना, पर्यटन, वातावरण तथा विपद् व्यवस्थापनसहितका योजना समेटिएको बताउनुभयो ।

बनियानी, झापा, १२ कात्तिक   झापाको कमल गाउँपालिकाले ‘समृद्ध कमल हाम्रो सरोकार’ भन्ने नाराका साथ आर्थिक वर्ष २०७४÷०७५ को बजेट सार्वजनिक गरेको छ ।

शनिबार सम्पन्न प्रथम गाउँसभामा गाउँपालिका उपाध्यक्ष बेनु सिवाकाटीले रू ३३ करोड ३३ लाख ७३ हजार ६०० को आयव्यय विवरण सार्वजनिक गर्दै आन्तरिक आयतर्फ रू १० करोड ७९ लाख तथा बाह्यतर्फ रू ३२ करोड २५ लाख ८३ हजार ६०० को बजेट विनियोजन गरिएको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले प्रस्तुत नीति तथा कार्यक्रममा गाउँपालिकाको भौतिक संरचना निर्माण, सडक विस्तार तथा कल्भर्ट निर्माण, खानेपानी तथा ढल निकासको समुचित व्यवस्थापन, शिक्षा, स्वस्थ्य, कृषि, पशुपालन, सहकारी, बजार विस्तार, ग्रामीण विद्युतीकरण, उद्योग कलकारखाना स्थापना, पर्यटन, वातावरण तथा विपद् व्यवस्थापनसहितका योजना समेटिएको बताउनुभयो ।

उहाँले जनताले जनताकै लागि शासन गरेको अनुभूति हुनेगरी सेवा प्रवाहमा सुधार गर्दै नमूना गाउँपालिका बनाउने लक्ष्य नीति तथा कार्यक्रम ल्याइएको र गाउँपालिकाले प्रवाह गर्ने सेवालाई आधुनिकीकरण तथा प्रविधिमैत्री बनाउनेसमेत उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?