विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०८०
|
|
५४ पटक हेरिएको
Shares
विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित

सारांश

  • काठमाडौं।
  • नेपाल आईसीसी एकदिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा घरेलु टोली जिम्बावेसँग पराजित भएको छ।
  • जिम्बावेमा आइतबार भएको खेलमा कमजोर बलिङ गरेपछि नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको हो।

काठमाडौं। नेपाल आईसीसी एकदिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा घरेलु टोली जिम्बावेसँग पराजित भएको छ। जिम्बावेमा आइतबार भएको खेलमा कमजोर बलिङ गरेपछि नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको हो।

जितका लागि दुई सय ९१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जिम्बावेले ४४.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। जिम्बावेका लागि कप्तान क्रेइज इर्भाइन र सेन विलियम्सले अविजित सतकीय इनिङ्स खेले।

एक सय २१ रन बनाएका क्रेइजले एक सय २८ बलमा १५ चौका र एक छक्काको सहयोगमा उक्त रन जोडेका हुन्। सेन विलियम्सले एक सय दुई रन बनाए। विस्ली म्याडहेब्रेले ३२ र ओपनर जोयलर्ड गुम्बेईले २५ रन जोडे। बलिङमा नेपालका सोमपाल कामी र गुलसन झाले एक एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ९० रन बनाएको थियो । ननेपालका लागि ओपनरहरू कुशल भुर्तेल र आसिफ शेखले किर्तिमानी साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । कुशल शतक पूरा गर्नबाट १ रनले चुके ।

कुशल जिम्बाव्वेका वेलिङटन मसाकान्डाको हातबाट ९९ रनको स्कोरमा बोल्ड भए । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे । यस्तै आसिफ शेखले ६६ रन बनाए । आसिफ पनि वेलिङटन मसाकान्डाकै बलमा बलमा रायन बुर्लको हातबाट क्याच आउट भए । कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए । गुल्सन झा १३ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् । जिम्बाव्वेका रिचर्ड एंगरभाले ४ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनाबाट जोगिएको सीता एयरको जहाज
दुर्घटनाबाट जोगिएको सीता एयरको जहाज
दशैं अफर सहित सिटिसी मलमा मोबाइल मेला सुरु, अफर भित्र सस्तोमा मोबाइल पाइने
दशैं अफर सहित सिटिसी मलमा मोबाइल मेला सुरु, अफर भित्र सस्तोमा मोबाइल पाइने
कोरोनाविरुद्धको भ्याक्सिन बनाउन सफलता मिलेको चीनको दाबी
कोरोनाविरुद्धको भ्याक्सिन बनाउन सफलता मिलेको चीनको दाबी
नब्बे प्रतिशत काम सम्पन्न
नब्बे प्रतिशत काम सम्पन्न
कुलमान घिसिङले विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकमा निरन्तरता नपाउने !
कुलमान घिसिङले विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकमा निरन्तरता नपाउने !
मन्त्री बीना मगर राना थारू पहिरनमा यस्ती देखिइन्
मन्त्री बीना मगर राना थारू पहिरनमा यस्ती देखिइन्
भिर कटान गर्न नसक्दा, मध्यपहाडी लोकमार्ग निर्माणमा समस्या
भिर कटान गर्न नसक्दा, मध्यपहाडी लोकमार्ग निर्माणमा समस्या
‘कोरोना महामारी आफै अन्त हुने, भ्याक्सिन आवश्यक नपर्ने’ अक्फोर्डमा भएको अध्ययनको दाबी
‘कोरोना महामारी आफै अन्त हुने, भ्याक्सिन आवश्यक नपर्ने’ अक्फोर्डमा भएको अध्ययनको दाबी
प्रदेश एकमा २ पदका लागि चुनाव, २४ जना निर्विरोध
निर्मलाका हत्यार पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री थापा
निर्मलाका हत्यार पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री थापा