अर्थमन्त्री खतिवडाले अाफैले थपे त ५ लाख पर्यटक ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १७, २०७५
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, १७ जेठ ।
  • अर्थमन्त्री डा.
  • युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७५/७६ को बजेटबारे सञ्चारकर्मीलाई जवाफ दिँदै उल्टो प्रश्न गरे, ‘हामी २० लाख पर्यटक भित्र्याउन नसक्ने अवस्थामा छौं र?

काठमाडाै, १७ जेठ । अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७५/७६ को बजेटबारे सञ्चारकर्मीलाई जवाफ दिँदै उल्टो प्रश्न गरे, ‘हामी २० लाख पर्यटक भित्र्याउन नसक्ने अवस्थामा छौं र?’

सञ्चारकर्मीले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि विमानस्थल, होटल एवं पर्यटकीय क्षेत्रको अभाव देखाउँदै शंका गरेका थिए।

‘सरकारले सन् २०२० लाइ भिजिट नेपाल वर्ष मनाउनेछ। हामी २० लाख पर्यटक भित्र्याउने क्षमता राख्छाैं’, अर्थ मन्त्रालयमा अायाेजित पत्रकार सम्मेलनमा उनले दाबी गरे।

बजेट भाषणमै २० लाख पर्यटक भित्र्याउने बताएका उनले साे दाबी गर्नु स्वभाविकै थियाे।  तर बजेट भाषणमा आएको पर्यटकको संख्या पर्यटन मन्त्रालयले लेखेर पठाएभन्दा थपिएको खुलासा भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले भिजिट नेपाल २०२० का लागि १५ लाख पर्यटक भित्र्याउने लक्ष पठाएको बताए। ‘मन्त्रालयको बजेट सिलिङमा भिजिट नेपाल २०२० मा १५ लाख पर्यटक भित्र्याउने भन्ने नै छ’, मन्त्री अधिकारीले भने, ‘अर्थलाई पठाएको तथ्यांकमा पनि त्यही उल्लेख थियाे। तर बजेट भाषणमा फरक भएर आयो।’ नेपालखबरमा समाचार छ । बजेट भाषणमा थप गरिएको ५ लाखले पर्यटन मन्त्रालयलाई पूर्वाधारदेखि अन्य तयारीका लागि समेत दवाब परेकाे छ। ‘हाम्रो लक्ष धेरैभन्दा धेरै पर्यटक भित्र्याउने हो। त्यसैअनुसार हामी अघि बढ्छौं’,  उनले भने।

सन् २०१७ मा १० लाख हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए। यो संख्यालाई वृद्धि गर्न नेपाल पर्यटन बोर्डले पोल्याण्ड, स्विट्जरल्याण्ड, रुस लगायतका देशलाई पर्यटक आगमन हुने नयाँ स्रोत बजारका रुपमा छनौट गरेको छ। नेपालका लागि भारत, चीन, श्रीलङ्का, अमेरिका लगायतका देशहरु पहिल्यैदेखि पर्यटन स्रोत बजारका रुपमा छन्।

हुन त पर्यटन बाेर्डले अघिल्लाे वर्षदेखि नै सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर एक्सपेरियन्स नेपाल, फोटो नेपाल, होमस्टे नेपाल लगाएका कार्यक्रम सञ्चालन गरिरहेकाे छ। हाेटल, पर्यटन गन्तव्य एवं विमानस्थलजस्ता कारणले गर्दा २० लाख पर्यटक अाएकै खण्डमा पनि कसरी व्यवस्थापन गर्ने भन्ने समस्या देखिन्छ।

नेपालमा हाल साना ठूला गरी २ हजार बढी होटल सञ्चालनमा छन्। सन् २०१९ मा भैरहवास्थित गाैतम बुद्ध विमानस्थल सञ्चालनमा अाए सन् २०२० सम्म २ वटा अन्तरार्ष्ट्रिय विमानस्थल हुनेछन्।

सन् २०१७ मा पर्यटन बोर्डले बीबीसी, ट्रिप एड्भाइजरसहितका माध्यममार्फत् नेपालको प्रचार गरेको थियाे। यो वर्ष सिएनएन, लोन्ली प्लानेटजस्ता सञ्चार माध्यमबाट प्रचार गर्ने याेजना बोर्डकाे छ। चिनिया पर्यटकलाई लक्षित गर्दै बाेर्ड हालै चिनियाँ भाषामा बेवसाइट समेत सञ्चालनमा ल्याएकाे छ।

सन् २०१७ मा नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाट अाएका थिए। सन् २०१८ काे पहिलाे ३ महिनामा भने सबैभन्दा बढी पर्यटक चीनबाट अाएकाे देखिन्छ। पर्यटन मन्त्रालयकाअनुसार अन्तर्राष्ट्रिय पर्यटकले नेपालमा औषतमा १२.६ दिन बिताउँछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?