भष्टाचारको अभियोगमा पक्राउ परेका चूडामणि शर्माले एक करोड धरौटी बुझाएर घरमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १३, २०७४
|
|
२५ पटक हेरिएको
Shares
भष्टाचारको अभियोगमा पक्राउ परेका चूडामणि शर्माले एक करोड धरौटी बुझाएर घरमा

सारांश

  • काठमाडौं,१३, मंशिर आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मा १ करोड रुपैयाँ धरौटी राखी छुटेका छन् ।
  • विशेष अदालतले थुनछेक बहसमा १ करोड धरौटी माग गरेपछि निलम्बित महानिर्देशक शर्माले सो रकम धरौटी राखेका हुन् ।
  • उनी मंगलबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए ।

काठमाडौं,१३, मंशिर

आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मा १ करोड रुपैयाँ धरौटी राखी छुटेका छन् ।

विशेष अदालतले थुनछेक बहसमा १ करोड धरौटी माग गरेपछि निलम्बित महानिर्देशक शर्माले सो रकम धरौटी राखेका हुन् ।

उनी मंगलबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए । शर्मालाई १९ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्टाचारको अभियोगमा पक्राउ गरेको थियो ।

त्यसपछि अख्तियारले गैरकानुनी रूपमा नियन्त्रणमा लिएको भन्दै बन्दी प्रत्यक्षीकरण निवेदन लिएर उनी सर्वोच्च पुगेका थिए ।

शर्माकी पत्नीका तर्फबाट निवेदन दर्ता भएको थियो । निवेदनमा कर फछ्र्योट आयोगलाई कानुनी उन्मुक्ति भएको जिकिर सहित मुद्दाको औचित्य नभएको दाबी गरिएको थियो ।
राजधानीबाट

(Xanax)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shyam Shubham Giri

    तिन अरव बिगो दावी गर्या छ धरौटी एक करोड़

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?