विश्वभर कोरोना प्रकोपः आइतबारमात्रै ९७ जनाको मृत्यु, ४० हजारबढी संक्रमित

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २७, २०७६
|
|
१८ पटक हेरिएको
Shares
विश्वभर कोरोना प्रकोपः आइतबारमात्रै ९७ जनाको मृत्यु, ४० हजारबढी संक्रमित

सारांश

  • काठमाडौँ ।
  • चीनमा फैलिएको कोरोना भाइरसको महामारीबाट आइतबार मात्रै ९७ जनाको ज्यान गएको छ ।
  • आइतबार बिहानसम्म चीनमा ज्यान जानेको संख्या ९ सय ८ पुगेको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै चाइना डेलीले जनाएको छ ।

काठमाडौँ । चीनमा फैलिएको कोरोना भाइरसको महामारीबाट आइतबार मात्रै ९७ जनाको ज्यान गएको छ ।

आइतबार बिहानसम्म चीनमा ज्यान जानेको संख्या ९ सय ८ पुगेको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै चाइना डेलीले जनाएको छ ।

चीन बाहेक फिलिपिन्स र हङकङमा कोरोना भाइरसबाट एक/एक जनाले ज्यान गुमाएका छन् भने चीनमा एक अमेरिकी र एक जाप्निज नागरिककको पनि मृत्यु भएको छ ।

चीनमा आइतबार मात्रै २ हजार ९ सय ७३ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै हालसम्म चीनमा कोरोना भाइरस संक्रमितको संख्या ४० हजार १ सय ७१ पुगेको छ।

चीनमा सो भाइरसबाट फेबु्वरी ३ मा ६४, फेबु्रवरी ४ मा ६६, फेबु्रवरी ५ र ६ मा ७३, ७३, फेबु्रवरी ७ मा ८६ तथा फेब्रुवरी ८ मा ८९ र फेबु्रवरी १० मा ९७ जनाको ज्यान गएको छ।

चीन बाहिर ४० देशमा कोरोना भाइरसको प्रकोप देखिएको र उक्त भाइरसबाट कम्तिमा ४ सय ७० जना संक्रमित भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

चीनपछि जापानमा सबैभन्दा बढी ८९ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

यस्तै नेपाल सरकारले चीनमा रहेका मध्ये नेपाल आउन चाहेका एक सय ८० जना नेपालीलाई नेपाल ल्याउने तयारी गरे पनि अझै केही दिन लाग्ने भएको छ।

काठमाडौँ ल्याएर छुट्टै राख्ने ठाउँको टुँगो लगाएको सरकारले दुई साता छुट्टै निगरानिमा राख्न भक्तपुरको खरीपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रका २ भवन शनिबार खाली गराएको छ।

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले चीनको हुवेई प्रान्तमा रहेका नेपालीको जीवन जोखिममा पर्नसक्ने भएकाले स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको छ ।

आयोगको आइतबार बसेको आकस्मिक बैठकले उक्त प्रान्तमा भएका नेपालीको संवेदनशीलतालाई बुझी सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन सरकारसँग आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानको लाहोर र भारतको दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर श्रेणीमा
पाकिस्तानको लाहोर र भारतको दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर श्रेणीमा
रानीपोखरीमा राजनीति : अब पालो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको
रानीपोखरीमा राजनीति : अब पालो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको
सुशीला कार्की र डा गोविन्द केसीले ‘चैट’ पारे नारायणकाजी श्रेष्ठकाे प्रवक्ता पद ! फकाउने जिम्मा माधव नेपाललाई
सुशीला कार्की र डा गोविन्द केसीले ‘चैट’ पारे नारायणकाजी श्रेष्ठकाे प्रवक्ता पद ! फकाउने जिम्मा माधव नेपाललाई
जय देवकोटाको नयाँ लोकदोहोरी जूनकीरी बजारमा (भिडियोसहित)
जय देवकोटाको नयाँ लोकदोहोरी जूनकीरी बजारमा (भिडियोसहित)
मकवानपुरमा रु दुई अर्ब राजश्व असुली
मकवानपुरमा रु दुई अर्ब राजश्व असुली
असार १८ गते बुधबारको राशीफल यस्तो छ
विघटित एमाले र माओवादीका आज सूचना पार्टीहरु झिकिंदै
विघटित एमाले र माओवादीका आज सूचना पार्टीहरु झिकिंदै
समाजसेवी वैद्यद्वारा सरस्वतीको मूर्ति हस्तान्तरण
समाजसेवी वैद्यद्वारा सरस्वतीको मूर्ति हस्तान्तरण
खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह
खानीखोलाको तीन जङ्गलमा आगलागी, सचेत रहन आग्रह
मुगुको प्रतिनिधिसभा र दुवै प्रदेशसभामा एमालेको जीत
मुगुको प्रतिनिधिसभा र दुवै प्रदेशसभामा एमालेको जीत

तपाईंले छुटाउनुभयो कि?