सर्वाधिक सगरमाथा चढ्ने कीर्तिमान कामिरिता शेर्पाको नाममा

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १, २०७६
|
|
२० पटक हेरिएको
Shares
सर्वाधिक सगरमाथा चढ्ने कीर्तिमान कामिरिता शेर्पाको नाममा

सारांश

  • कामिरिता शेर्पाले २३औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका छन् ।
  • सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्वा्धिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गरेका हुन् ।
  • “कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बिहान ७ः५० बजे सगरमाथाको शिखरमा पुगेका छन्,“ आधार शिविरबाट पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताइन् ।

कामिरिता शेर्पाले २३औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका छन् । सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्वा्धिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गरेका हुन् । “कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बिहान ७ः५० बजे सगरमाथाको शिखरमा पुगेका छन्,“ आधार शिविरबाट पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताइन् । उनको आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै ’यो राष्ट्रकै गौरवको कुरा’ भएको बताएका छन् ।

सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन्। आरोहणमा जानुअघि बीबीसीसँग कुराकानी गर्दै कामिरिताले तत्काल हिमाल चढ्न नछोड्ने बताएका थिए।

“सक्न त अक्सिजनको सहायतामा म ६० वर्षसम्म पनि हिमाल चढ्न सक्छु। तर एउटा बिन्दुमा पुगेर रोकिनुपर्छ,“ उनको भनाइ छ। “कम्तीमा २५ पटक चढेँ भने मैले रजत महोत्सव मनाउन सक्छु।“

एक्काइस पटक सगरमाथा चढिसकेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्न्यास लिइसकेका छन् भने ३८ वर्षिय ङिमा नुरु शेर्पा अझै सक्रिय छन्। ङिमा नुरु शेर्पा यस पटक तिब्बततर्फबाट सगरमाथा चढ्ने प्रयासमा छन्।

सबैभन्दा बढी सगरमाथा आरोहण
आरोही आरोहण
कामिरिता शेर्पा २३
ङिमा नुरु शेर्पा २१
आप्पा शेर्पा २१
फुर्वातासी शेर्पा २१
आङ दोर्जी शेर्पा १९
छेवाङ निमा शेर्पा १९
मिङ्मा छिरी शेर्पा १९
लाक्पा रिता शेर्पा १७
कामिरिता शेर्पा १६
निमा गोम्बु शेर्पा १६

सबै आरोही नेपाली हुन्।
स्रोतस् पर्यटन विभाग, नेपाल

सन् २०१४ मा खुम्बु आइसफलमा गएको हिमपहिरोमा १६ शेर्पाले ज्यान गुमाएपछि उनले आरोहण त्याग्ने मनसाय व्यक्त गरेका थिए।

तर हिमालसँगको पुरानो नाताले केही महिनामै उनको मन बदलियो। सगरमाथामा सफल हुनुको मन्त्र के हो? बीबीसीको प्रश्नमा कामिरिताले ’हिमाल चिन्नुपर्ने’ र ’भाग्यले साथ दिनुपर्ने’ बताएका थिए।

“कहिलेकाहीं सामान्य तयारी गर्ने पनि चुचुरोमा पुग्छ भने कहिलेकाहीं निकै तयारी गरेको र अनुभवी आरोही समेत माथि पुग्न सक्दैन।“

सगरमाथालाई चिन्ने उनको आफ्नै शैली छ । उनी हिमाल चढ्नुभन्दा एक महिना अघिदेखि गुम्बाहरूमा पूजा गर्न सुरु गर्छन्।

“प्रत्येक हिमालमा देवीको बास हुन्छ । तपाईँको शरीरमा पाइला टेक्नु पर्यो भनेर माफी माग्दै पूजा गर्छु । चुचुरोमा पाइला टेक्नु अगावै तलबाटै तीन पटक ढोगेर माफी माग्छु । बीबीसी नेपालीबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?