राजमो दाङले घरदैलो तथा सदस्यता अभियान चलाउने
सारांश
- दाङ, १४ साउन ।
- राष्ट्रिय जनमोर्चा दाङले घरदैलो तथा सदस्यता अभियान चलाउने भएको छ ।
- जिल्ला अध्यक्ष गणेश आचार्यले एक विज्ञप्ति जारी गर्दै साउन १५ गतेदेखि मसान्तसम्म जिल्लाभर घरदैलो र सदस्यता अभियान चलाउने िजानकारी दिएका हुन् ।
दाङ, १४ साउन । राष्ट्रिय जनमोर्चा दाङले घरदैलो तथा सदस्यता अभियान चलाउने भएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यले एक विज्ञप्ति जारी गर्दै साउन १५ गतेदेखि मसान्तसम्म जिल्लाभर घरदैलो र सदस्यता अभियान चलाउने िजानकारी दिएका हुन् ।
गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा तथा संघीयताको खारेजीको साथै भ्रष्टाचारको विरुद्ध र सदाचारको लागि जिल्ला प्रशासन कार्यालय र सबै स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाउँदै अभियान सञ्चालन गरेको राजमोले अहिले यो अभियान सञ्चालन गर्न लागेको हो । अभियानको क्रममा सदस्यता वितरण, संगठन निर्माण गर्नुका साथै जनताका समस्या पहिचान गर्ने राजमोले जनाएको छ ।
यो अभियान साउन १५ गते घोराहीको ८ र लमहीको १ नम्बर वडाबाट शुरु हुनेछ । साथै सबै स्थानीय तहका विभिन्न वडाहरुमा हुँदै ३१ गते तुलसीपुरको ८ र लमहीको ९ नम्बर वडामा अभियान चल्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया