मन्त्री आले भारत प्रस्थान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १०, २०७८
|
|
४५ पटक हेरिएको
Shares
मन्त्री आले भारत प्रस्थान

सारांश

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज बिहीवार दिउँसो भारतको एक दिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् ।
  • भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको कार्यक्रममा सहभागी हुन मन्त्री आले आज त्यसतर्फ प्रस्थान गरेको मन्त्री आलेका प्रशासन सहायक भक्तबहादुर आलेले जानकारी दिए ।
  • भोलि उद्घाटन हुने कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवद्र्धन थता नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राख्ने पर्यटन मन्त्रालयले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज बिहीवार दिउँसो भारतको एक दिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको कार्यक्रममा सहभागी हुन मन्त्री आले आज त्यसतर्फ प्रस्थान गरेको मन्त्री आलेका प्रशासन सहायक भक्तबहादुर आलेले जानकारी दिए ।

भोलि उद्घाटन हुने कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवद्र्धन थता नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राख्ने पर्यटन मन्त्रालयले जनाएको छ ।

मन्त्री आलेले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा निर्माणका लागि प्रक्रिया सुरु भएकाले त्यस विमानस्थलको उड्डयनको क्षेत्रमा विकास गरी त्यहाँ बढीभन्दा बढी पर्यटक भित्र्याउन तथा भारतसँग सिमाना जोडिएका नेपालका विभिन्न विमानस्थलमा हवाई रुट खोल्नलगायत अन्य आवश्यक पर्ने सहयोगका लागि भारत सरकारसँग आग्रह गर्ने बताइएको छ ।

कार्यक्रम मार्च २४ देखि २७ सम्म भारतको हैदराबाद सहरमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?