विष्फाेट गरेकाे अाराेपमा लतिलपुर जिल्ला सेक्रेटरी सहित ५ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, १४ वैशाख ।
  • प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबको धापाखेलस्थित घरमा बिष्फोट गराएको आरोपमा प्रहरीले ५ जनालाई  पक्राउ गरेको छ।
  • पक्राउ पर्नेहरुमा नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्यूनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु छन्।

काठमाडाै, १४ वैशाख । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादबको धापाखेलस्थित घरमा बिष्फोट गराएको आरोपमा प्रहरीले ५ जनालाई  पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्यूनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु छन्।

लतिलपुर जिल्ला सेक्रेटरी भिमसेन घिमिरेसहित ५ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको हो। त्यस्तै बाबुराम राई, धिरेन्द्र कुमारी उपाध्याय,सफल बाबु कुँवर, विकास महर्जन छन्।

घिमिरेलाई बिहिबार नै प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका अन्यलाई शुक्रबार (अाज) अदालतमा उपस्थित गराइने महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दले बताए।

गत आइतबार साँझ यादबको घरमा शक्तिशाली बम बिष्फोट गराइएको थियो। बिष्फोटमा उनको घरका सिसाहरु फुटेका थिए भने पर्खाल समेत भत्किएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?